Wednesday, April 30, 2025
समाजहेटौंडामै मासु भात खान, माछा भात ! अब सय रूपैयाँमा
spot_img

हेटौंडामै मासु भात खान, माछा भात ! अब सय रूपैयाँमा

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा एक छाक खाना खानुपर्दा कति पैसा खर्च हुन्छ ? त्यसमा पनि मासु खाना नै खानुपर्यो भने कति लाग्छ ? सामान्यतया, सादा खानाको कम्तीमा १ सय २० रुपैयाँ त पर्छ नै । यहाँका सामान्य होटलहरुले नै कुखुराको मासुसँग खानाको २ सय ५० रुपैयाँको हाराहारीमा लिने गर्छन् ।

तर, अब यही हेटौंडामै १ सय रुपैयाँमा पेटभरी मासु खाना खान पाइने भएको छ । १ सय रुपैयाँमै तपाइँले कुखुराको मासुसँग वा माछासँग खाना खान पाउनुहुने भएको छ ।

हेटौंडाको व्यस्त राप्तीरोडमा रहेको ‘हिमालय मःम हब’ले १ सय रुपैयाँमै मासुखाना र माछा खाना खुवाउँदै आएको छ । यहाँ सस्तोमा गुणस्तरीय र स्वादिष्ट खाना खानको लागि ग्राहकहरुको भीड लाग्न थालेको छ । बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म र साँझ ६ बजेदेखि राति ८ बजेसम्म हिमालय मःम हबले खाना खुवाउँदै आएको हो ।

पहिले खाजा,नास्ता मात्रै पाइने रेस्टुरेन्टमा १० दिन अघिदेखि खाना पनि खुवाउन लागिएको सञ्चालक वासुदेव चौलागाइँले बताए । बिहान बेलुका गरी झण्डै २ सय जनालाई खाना खुवाइरहेको चौलागाइँले जानकारी दिए । पछिसम्म लैजाने सोचका साथ खानाको सेवा सुरु गरिएको उनको भनाई छ ।

मासिक ४५ हजार भाडा

रमाइलो कुरा त के छ भने, सय रुपैयाँमै मासुखाना र माछा खाना खुवाउँदै आएको हिमालय मःम हबको मासिक घरभाडा ४५ हजार रुपैयाँ छ । राप्तीरोडको व्यापारीक भवन एम.एस कम्प्लेक्सको भुइँतलामा रहेको रेस्टुरेन्टको मासिक ४५ हजार रुपैयाँको हाराहारीमा भाडा बुझाउनुपर्ने सञ्चालकले बताए । तीनसय जनालाई खाना बेच्न सके नाफा हुने उनी बताउँछन् ।

दुई जनाको साझेदारीमा सञ्चालित रेस्टुरेन्टमा खाना खाएका ग्राहकहरुबाट पाएको राम्रो प्रतिक्रियाले नै आफुलाई खुशी मिलेको उनले बताए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img