Monday, January 13, 2025
फिचररविको बहिर्गमनसँगै गृहमा व्यापक चलखेल

रविको बहिर्गमनसँगै गृहमा व्यापक चलखेल

काठमाडौं । आफ्नो नागरिकताबारे सर्वोच्च अदालतले दिएको फैसलालाई सहजै स्वीकादै गृहमन्त्रालयबाट रवि लामिछाने बाहिरिएको दुई सातामै चलखेल सुरु भएको छ ।

विभागीय मन्त्रीविहीन अवस्था रहेको गृहमा रविले बसालेको राम्रो थितिलाई भत्काउँदै व्यापक रुपमा सरुवा बढुवा गरिएको छ । मन्त्री नहुँदा पनि मन्त्रालयको महत्वपुर्ण महाशाखा, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा व्यापक सरुवा र बढुवा व्यापक रुपमा गरिएको छ ।

मन्त्रालयको महत्वपुर्ण मानिने सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारी सह–सचिव जितेन्द्र बस्नेतलाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट गृहमा सरुवा भएका बस्नेतलाई गृह प्रवक्ता तोकिएको छ । गृह प्रवक्ताबाट फणिन्द्रमणी पोखरेललाई हटाइएको छ । सह–सचिव पोखरेललाई आन्तरिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ । उप–सचिव दिलकुमार तामाङलाई सूचना अधिकारीको जिम्मेवारी दिइएको छ । तामाङ ओखलढुंगाको प्रमुख जिल्ला अधिकारीबाट मन्त्रालयमा सरुवा भएका हुन् । प्रशासन महाशाखामा सह–सचिव केदारनाथ शर्मालाई ल्याइएको छ ।

शर्मा अर्थ मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाबाट गृहमा सरुवा भएका हुन् । काठमाडौंको प्रमुख जिल्ला अधिकारी समेत भैसकेका शर्मासँग यसअघि लामो सयम गृह मन्त्रालयमा बसेर काम गरेको अनुभव छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट उप–सचिव कृष्णप्रसाद शर्मालाई मन्त्रालयमा सरुवा गरिएको छ ।

शर्मालाई निजामती कर्मचारी प्रशासन शाखा हेर्नेगरी जिम्मेवारी तोकिएको छ । निजामती कर्मचारी प्रशासन शाखामा कार्यरत अधिकृत भाष्कर दाहाललाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गरिएको छ । आन्तरिक व्यवस्थापन महाशाखामा सवारी हेर्नेगरी उप सचिव सुरेश सुनारलाई सरुवा गरिएको छ ।

योजना अनुगमन तथा मूल्यांकन शाखाबाट सरुवा गरेर उप–सचिव अर्जुन पौडेललाई सीमा तथा अध्यागमन शाखाको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा गृह सचिव विनोद सिंहले महाशाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

गृहमा ठूलो संख्यामा प्रहरीको सरुवा समेत गरिएको छ । रविको बर्हिगमनसँगै मन्त्री नभएको बेला नेपाल प्रहरीमा पनि ठूलो संख्यामा प्रहरी अधिकृतहरुको सरुवा गरिएको छ । माघ १९ मा आईजीपी धिरज प्रताप सिंहले ५३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरे । गृह मन्त्रालयबाट रवि लामिछानेको बहिर्गमन सँगै ११६ जना डिएसपीहरुको सरुवा गरिएको छ ।

११६ जना डिएसपीहरुको सरुवा गरेकै दिन आईजीपी सिंहले १३ जना डिएसपीहरुको काज सरुवा पनि गरेका छन् । अहिले गृह प्रशासनमा कतिबेला सरुवा हुने हो भन्ने चिन्तामा कर्मचारीहरु आतंकित छन । मन्त्रीबिहीन अवस्थामा सशस्त्र प्रहरी बलमा ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयम बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

एसएसपी सुरेश कुमार श्रेष्ठलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । श्रेष्ठसहित अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको छ ।

माघ १३ पछि गृहमन्त्रालय विभागिय मन्त्री विहीन छ । मुलुकको सुरक्षासँग जोडिएको गृहमा विभागिय मन्त्री तोक्न लामोसमयसम्म प्रधानमन्त्री असक्षम देखिएका छन । गृहको कार्यवाहक जिम्मेबारी पाएका प्रधानमन्त्री स्वयमंले विभागीय मन्त्री नभएको बेला चलखेलमा हुने सरुवा बढुवा रोक्न नसक्नुले उनले भन्दै आएको सुशासनमाथि नै प्रश्न उठाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img