काठमाडौँ । राष्ट्रिय तथ्याङ्क विभागको पछिल्लो जनगणना अनुसार, बागमती प्रदेशका ३ हजार ७ सय ८८ घरधुरीको मुख्य खानेपानी स्रोत खोला नै रहेको देखिन्छ। अर्थात् प्रदेशका झन्डै ४ हजार नागरिकमाझ सरकारले खानेपानी योजना पुर्याउन सकेको छैन ।
देशकै सबैभन्दा धेरै खोलाको पनि प्रयोग हुने प्रदेश सुदूरपश्चिम रहेको छ । प्रदेशमा ५ हजार ४ सय ११ घरपरिवारले खोलाको पानी पिउँदै आएका छन् । त्यस्तै, लुम्बिनी प्रदेशमा ४ हजार ४ सय ३३, कर्णाली प्रदेशमा ४ हजार २ सय ७६, बागमती प्रदेशमा ३ हजार ७ सय ८८, कोसी प्रदेशमा २ हजार ७ सय २५, गण्डकी प्रदेशमा २ हजार ४७५ र मधेस प्रदेशमा ७ सय २९ घरपरिवारले खोला/नदीको पानी प्रयोग गरिरहेको तथ्याङ्कले देखाएको छ।
जनगणनाको तथ्याङ्कले देखाए अनुसार, प्रदेशका विभिन्न जिल्ला र स्थानीय तहमा खोलाको पानीलाई मुख्य खानेपानी स्रोतको रूपमा प्रयोग गरिरहेको स्पष्ट देखिन्छ।
बागमती प्रदेशको कुन जिल्लामा कति?
बागमती प्रदेशका ३ हजार ७ सय ८८ घरपरिवारले खोलाको पानीलाई मुख्य खानेपानी स्रोतको रूपमा प्रयोग गर्दै आएका छन् । प्रदेशको रामेछापमा ४६ हजार ४ सय ६६ जनसङ्ख्या रहेकोमा ५ सय ४७ घरपरिवारले खोलाको पनि प्रयोग गर्दै आएका छन् । उक्त सङ्ख्या जिल्लाको जनसङ्ख्याको १.२ प्रतिशत हो ।
६९ हजार ३ सय १७ जनसङ्ख्या रहेको मकवानपुर जिल्लामा ४ सय ८० घरपरिवारले खोलाको पानीलाई मुख्य खानेपानी स्रोतको रूपमा प्रयोग गरिरहेका छन्। त्यस्तै, काभ्रेपलान्चोकमा ९१,३३० जनसङ्ख्या रहेकोमा ५ सय ७९ घरपरिवारले, १ लाख ५ हजार ६ सय २० घरपरिवार रहेको मकवानपुर जिल्लामा ६ सय २८ घरपरिवार र धादिङमा ८३ हजार ६ सय २२ जनसङ्ख्या रहेकोमा ४ सय ८५ घरपरिवारले खोलाको पानीलाई मुख्य खानेपानी स्रोतको रूपमा प्रयोग गरिरहेका छन्।
चितवनमा १ लाख ७९ हजार १६७ जनसङ्ख्या रहेकोमा ४ सय २० घरपरिवारले, नुवाकोटमा ६८ हजार ६ सय ४६ जनसङ्ख्या रहेकोमा २ सय ६७ घरपरिवारले र सिन्धुपाल्चोकमा ७१ हजार ६ सय ९७ जनसङ्ख्या रहेकोमा २ सय ५, दोलखामा ४९ हजार ४ सय ९३ जनसङ्ख्या रहेकोमा १ सय २१ घरपरिवार, रसुवामा ११ हजार १ सय ३१ जनसङ्ख्या रहेकोमा ४६ घरपरिवारले खोलाको पानीलाई मुख्य खानेपानी स्रोतको रूपमा लिएका छन्।
तर, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका कुनै पनि घरपरिवारले खोलाको पानीलाई खानेपानीको रूपमा प्रयोग गरिरहेका छैनन्।
खोलाको पानी मुख्य खानेपानीको स्रोत हुनुका यस्तो हुन् सक्छन:
- जिल्ला वा प्रदेशमा सरकारी खानेपानी योजना नपुगेका विपन्न क्षेत्रहरू: केही दुर्गम र पहाडी क्षेत्रहरूमा सरकारी खानेपानी योजना पुग्न नसकेकाले नागरिकहरू खोलाको पानी प्रयोग गर्न बाध्य छन्।
- आर्थिक अवस्था: गरिबी र आर्थिक कमजोरीका कारण केही परिवारहरूले खानेपानी शुद्धिकरणका लागि आवश्यक सामग्री किन्न सक्दैनन्, त्यसैले उनीहरू खोलाको पानी प्रयोग गर्छन्।
- सचेतनाको कमी: खानेपानीको महत्व र यसको शुद्धिकरणको आवश्यकताबारे जनचेतना अभावमा पनि खोलाको पानी प्रयोग हुन्छ।
- परम्परागत बानी: केही समुदायहरूमा लामो समयदेखि खोलाको पानी प्रयोग गर्ने परम्परा रहेको छ र उनीहरूले यसलाई नै प्राथमिकता दिएका छन्।
- पर्याप्त वैकल्पिक स्रोतको अभाव: केही क्षेत्रहरूमा खोलाबाहेक अन्य खानेपानीको स्रोत नभएकाले बाध्यतावश खोलाको पानी प्रयोग गर्नुपर्ने अवस्था छ।
- बसाइँसराईको कारण: केही शहरी क्षेत्रमा पनि खोलाको पानी प्रयोग भइरहेको छ जसमा बसाइँसराईबाट आएका समुदायले आफ्नो पुरानो बानीलाई नै निरन्तरता दिएका छन्।
*तथ्याङ्कको त्रुटीका कारण सच्याईएको ।