हेटौँडा। काठमाडौँ र हेटौँडा जोड्ने कान्ति लोकपथ पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। ललितपुरको बागमती गाउँपालिका-३ स्थित काल्चेमाल्टा दोबाटोमा पहिरो खसेपछि सडक दुवैतर्फ बन्द भएको हो।
प्रहरीका अनुसार भट्टेडाँडाबाट करिब ५ किलोमिटर मकवानपुरतर्फ पर्ने उक्त स्थानमा पहिरो गएको हो। पहिरोका कारण सडक अवरुद्ध भएपछि हेटौँडा र काठमाडौँतर्फ जाँदै गरेका सवारी साधनहरू बाटोमै रोकिएका छन्।
सडक खुलाउनका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।




