मौसमपश्चिमी भेगमा आज दिनभर झरी पर्ने, भोलिदेखि देशभर मौसम सुधार हुने

पश्चिमी भेगमा आज दिनभर झरी पर्ने, भोलिदेखि देशभर मौसम सुधार हुने

spot_img

मकवानपुर । काठमाडौँ उपत्यकासहित देशका पश्चिमी भू-भागमा गएरातिदेखि नै निरन्तर वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँमा दिउँसोपछि झरी रोकिने भए पनि पश्चिमी क्षेत्रमा भने आज दिनभर नै वर्षा जारी रहनेछ।

​गएराति बागमती प्रदेशको चितवनसहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरैजसो स्थानमा भारी वर्षा भएको छ। विशेष गरी चितवन, तनहुँ, नवलपरासी, रुपन्देही, कपिलवस्तु, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, पर्वत र कास्की क्षेत्रमा मुसलधारे वर्षा भएको महाशाखाले जनाएको छ। बिहानदेखि वर्षाको मात्रा केही घटे पनि जोखिम भने टरिसकेको छैन।

​निरन्तरको वर्षाका कारण नारायणी र तिनाउसहित विभिन्न साना-ठूला नदी तथा खोलामा जलसतह बढेको छ। महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार न्यूनचापीय प्रणाली क्रमशः कमजोर बन्दै गएकाले भोलिदेखि देशभरको मौसममा क्रमिक सुधार आउनेछ। कोशी र मधेश प्रदेशमा हिजोदेखि नै झरी रोकिसकेको छ भने बागमतीमा पनि दिउँसोपछि मौसम खुल्ने अनुमान छ।

​मौसमविद्हरूका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज दिनभर पानी परे पनि भोलिदेखि मौसम सफा हुँदै जानेछ। यद्यपि मनसुनी प्रणाली कायमै रहेकाले सामान्य वर्षाको सम्भावना भने रहन्छ।

​अघिल्लो वर्षाका कारण नदीमा बहाव बढेकाले आगामी ८ देखि १० घण्टासम्म विशेष गरी पश्चिमी नेपालका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img