खेल समाचारएनपीएल भैरहेको त्रिवि क्रिकेट रङ्गशाला जलमग्न

एनपीएल भैरहेको त्रिवि क्रिकेट रङ्गशाला जलमग्न

काठमाडाैँ । लगातारको वर्षाका कारण काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जलमग्न भएको छ। मैदान र आसपासको क्षेत्रमा पानी जमेको छ भने मैदान ढाक्न राखिएको त्रिपालभित्रै पानी छिरेको छ। बिहानैदेखि पानी पर्ने क्रम नरोकिएको र मौसमविद्का अनुसार दिउँसोसम्मै पानी पर्ने सम्भावना रहेकाले आज तय भएका खेलहरू प्रभावित हुने देखिएका छन्।

​नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार दुईवटा खेल तालिका रहेका छन्। तालिका अनुसार दिउँसो साढे १२ बजे लुम्बिनी लायन्स र चितवन राइनोज तथा बेलुका ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने कार्यक्रम छ।

​अस्तिको खेल समाप्त भएपछि मैदानलाई कभरले छोपिए पनि निरन्तरको वर्षाका कारण मैदान तयार हुन सकेको छैन। एनपीएलको नियममा रिजर्भ डे (गेम रिजर्भ गर्ने दिन) को व्यवस्था नगरिएको आयोजकले जनाएको छ।

​यदि मैदान सुक्न नसेर खेल हुन नसके वा खेल रद्द भएमा सम्बन्धित टोलीहरूले अङ्क तालिकामा समान एक–एक अङ्क बाँड्नुपर्नेछ। मैदान समयमै तयार हुन सके कम्तीमा ५ ओभरको खेल खेलाउने सम्भावना रहे पनि अहिलेको जलमग्न अवस्थाका कारण त्यो सम्भावना पनि न्यून रहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार