देशचाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, पटका तथा आतसबाजी नगर्न प्रहरीको अनुरोध

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, पटका तथा आतसबाजी नगर्न प्रहरीको अनुरोध

काठमाडाैँ । नेपाल प्रहरीले आगामी दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै देशभर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। चाडपर्वको समयमा हुन सक्ने चोरी, ठगी, लुटपाट, जुवातास तथा गैरकानुनी गतिविधि नियन्त्रण गरी शान्तिसुरक्षा कायम राख्न प्रहरी परिचालन तीव्र पारिएको छ।

​केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार सीमा नाका, भन्सार क्षेत्र, सार्वजनिक यातायात र मुख्य बजारहरूमा विशेष जाँच तथा अनुगमन टोली खटाइएको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधनका चालकको अनुमतिपत्र, मादक पदार्थ सेवन (मापसे), क्षमताभन्दा बढी यात्रु, दुई चालकको व्यवस्था र गाडीको यान्त्रिक अवस्था कडाइका साथ जाँच गरिने प्रहरीले जनाएको छ।

​साथै, प्रहरीले स्थानीय प्रशासनले तोकेको समयभित्रै मर्यादित रूपमा देउसीभैलो कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ। आगलागी, मानवीय क्षति र वातावरण प्रदूषणको जोखिम बढाउने भएकाले पटका, आतसबाजी तथा अन्य प्रज्वलनशील पदार्थको प्रयोग नगर्नसमेत सर्वसाधारणलाई सूचित गरिएको छ। विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई पटकाको जोखिमबाट टाढा राख्न प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार