अन्तर्राष्ट्रियविद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

विद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। तीव्र गतिमा विकास भइरहेको एआईले शिक्षा क्षेत्रमा पारिरहेको प्रभावलाई ध्यानमा राख्दै इयूले यो योजना अघि सारेको हो।

​एएफपीका अनुसार इयूले १५ वर्ष उमेरका विद्यार्थीलाई लक्षित गर्दै आगामी सन् २०२७/२०२८ को शैक्षिक सत्रदेखि यो नयाँ कार्यक्रम परीक्षणका रूपमा सुरु गर्नेछ।

​युरोपेली आयोगकी उपाध्यक्ष रोक्साना मिन्जाटुले यो कार्यक्रमले विद्यार्थीलाई एआईको कार्यप्रणाली बुझ्न, प्राप्त सूचनाको सत्यता जाँच्न, भ्रामक सामग्री पहिचान गर्न र आवश्यक पर्दा यसको प्रयोग नियन्त्रण गर्ने क्षमता बढाउन मद्दत पुर्‍याउने बताइन्।

​आफ्ना २७ सदस्य देशको शिक्षा नीतिमा प्रत्यक्ष नियन्त्रण नभए पनि इयूले बालबालिकालाई सुरक्षित र जिम्मेवार ढङ्गले एआई प्रयोग गर्न सिकाउने प्रयासलाई प्राथमिकता दिँदै आएको छ। यसैबीच इयूले किशोरकिशोरीको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने कानुनी पहलसमेत अघि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार