काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेलहरू हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय रंगशालामा दिउँसो साढे १२ बजे पहिलो खेल काठमाण्डौ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।
५ खेल खेलेको काठमाण्डौ अंक तालिकाको दोस्रो स्थानमा छ । काठमाण्डौले ५ खेलमा ४ मा जित र एकमा हार बेहोरेको छ । सुदूरपश्चिम अंक तालिकाको तेस्रो स्थानमा छ । ६ खेल खेलेको सुदूरपश्चिमले ४ मा जित र दुईमा हार बेहोरेको छ ।
यस्तै आजको दोस्रो खेल बेलुकी ५ बजे चितवन राइनोज र जनकपुर बोल्ट्बीच हुनेछ । चितवन अंक तालिकाको पाँचौं स्थानमा छ । चितवनले ५ खेलमा २ मा जित २ मा हार र एक खेल वर्षका कारण खेल रद्द हुँदा बराबरी अंक बाँडेको थियो ।
जनकपुर अंक तालिकाको छैटौं स्थानमा छ । ६ खेलमा ४ खेल हार्दा मात्रा २ खेल जितेको छ । हिजो लुम्बिनी लायन्स एनपीएलमा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । पोखरा एनपीएलको प्लेअफ दौडबाट बाहिरिएको छ ।


