काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि गत सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार, बुधबार र बिहीबार गरी लगातार तीन दिन बजार बन्द रहेकाले सुनचाँदीको कारोबार भएको थिएन। तीन दिनपछि खुलेको बजारमा सुनको मूल्य ह्वात्तै घटेको हो।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५५ रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा किनबेच भएको थियो।


