काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा सुरु हुनेछ।
लिग चरणको समाप्तीमा काठमाण्डौ तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्ले–अफमा पुगेका थिए। आजको खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि भोलि हुने दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।
यसअघि, हिजो भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै साविक विजेता लुम्बिनी लायन्स लगातार दोस्रो
फाइनलमा पुगिसकेको छ। पहिलो क्वालिफायरमा पराजित भएको सुदूरपश्चिमले अब आजको इलिमिनेटर खेलको विजेतासँग भोलि दोस्रो क्वालिफायर खेल्नेछ।
दोस्रो क्वालिफायरको विजेता टोलीले उपाधिका लागि आगामी शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।


