मौसमकोशी र गण्डकीका हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

कोशी र गण्डकीका हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । आज कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने भए पनि देशका बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने अनुमान छ।

​आज बिहान तराईका भू–भाग, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

​महाशाखाका अनुसार भोलि बिहीबारदेखि आगामी केही दिनसम्म देशभर वर्षाको सम्भावना छैन। आउँदो शनिबारसम्म पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहे पनि पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार