काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा २४ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
काठमाडौंमा १८, भक्तपुरमा १ र ललितपुरमा ५ जना संक्रमित देखिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ११९ पुगेको छ ।
उपत्यका बाहिर पर्सा, रौतहट, सिराहा, चितवन, स्याङजा, नवलपरासी पश्चिम, बाँके र कैलालीमा पनि संक्रमित थपिएका छन् ।
आज देशभर रहेका २०८ जना सक्रिय संक्रमितमध्ये २०२ जना होम आइसोलेसनमा र ६ संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेका ६ मध्ये ३ जना आईसीयुमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।