Monday, May 19, 2025
समाजगगन लक्षित झलनाथको प्रश्न : चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् ?
spot_img

गगन लक्षित झलनाथको प्रश्न : चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् ?

spot_img

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालमा अमेरिकी सेना आयो भने चारपाटा मुडियोस् भन्नेहरु कहाँ छन् भनी प्रश्न गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : सम्भावना र चुनौती विषयक कार्यक्रममा उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै अमेरिकी सेना आयो भने मेरो चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् भनी सोधेका हुन् ।

प्रतिनिधिसभाबाट एमसीसी सम्झौता पारित हुँदा थापाले नेपालमा अमेरिकी सेना आउँछ भन्ने झुटो कुरा फैलाइएको भन्दै आक्रोश पोखेका थिए । उनले त्यतिबेला अमेरिकी सेना नेपालमा आएमा आफ्नो चार पाटा मुडियोस्, नागरिकता खोसियोस् भनेका थिए ।

थापाको सोही भनाइतर्फ लक्षित गर्दै खनालले अमेरिकी सेनाको स्टेट पार्टरसिप प्रोग्राममा नेपाल र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यासको विषय उल्लेख भएको मस्यौदा सार्वजनिक भएको बताए ।

खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको आफूले चर्को विरोध गरेको तर कतिपय नेतालाई एमसीसी पारित नगरे समाप्त भइन्छ भन्ने डर लागेको बताए ।

अहिले एसपीपी प्रस्ताव अस्वीकार गर्दा भने नेताहरुले वुद्धि पुर्‍याएको भन्दै अलिकति भए पनि राष्ट्रियता जोगिएकाे उनले बताए ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img