भोजपुर / भोजपुरको पुरानो डबलि टक्सारमा रहेको आँखा अस्पतालमा तिन दिने निशुल्क शिबिर सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ, विराटनगर आँखा अस्पताल, आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना र सि.बि.एमको सहयोगमा संचालन भएको ३ दिने आँखा शिविरको पहिलो दिन ५० जनाको आखाको निशुल्क शल्यक्रिया समेत भएको छ ।
आँखाको सामान्य शल्यक्रिया गर्न समय र पैसा खर्चेर धरान विराटनगर जानु पर्ने समस्याको समाधान शिविरले गरेको आँखाका रोगीहरुले बताउदै आफ्ने ठाउँमा ५० रुपैयाँमै आँखाको शल्यक्रिया गर्न पाउँदा बिरामीहरुले ठुलो राहत महशुस गरेका छन् ।
भोजपुरको पुरानो डवलीमा आयोजना गरिएको ३ दिने शिविरमा ५ देखि ९४ वर्ष सम्मका बिरामीको आँखा जाँच तथा शल्यक्रिया गरिएको आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले जानकारी दिए ।