ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको यो साता कस्तो रहनेछ ? माघ २३ गते देखी माघ २९ सम्म निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। साेमवारदेखि विभिन्न अवसर प्राप्त हुनाले उत्साह जाग्नेछ। आलोचकहरूले पनि प्रशंसा गर्न थाल्नेछन्। लाभप्रद कामको जिम्मेवारी हातलागी हुनेछ। तर्क र विश्वासले सफलता प्राप्त हुनेछ। सप्ताहान्तमा उपहारका साथै धनलाभ हुने सम्भावना छ। स्राेत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ। वादविवादमा भरसक अघि नसर्नुहोला।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुरुमा आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। केही खर्च लागे पनि परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ। सोमवार र मंगलवार आकस्मिक खर्च बढ्नाले आर्थिक अभावको अनुभूति हुनेछ। तापनि टाढाका साथीभाइसँगको सम्बन्धले लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। बुधवारदेखि परिस्थिति अनुकूल बन्नेछ। रोकिएका काममा पनि दोहोर्याएर प्रयत्न गर्दा मात्र फाइदा हुनेछ। सप्ताहान्तमा बौद्धिक क्षमता सबल बन्नुका साथै मिहिनेत गर्दा नाम र दाम हातपार्न सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। आँटले काममा सफलता दिलाउनेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ। मनग्य आम्दानी हुनाले भैपरी आउने समस्या टर्नेछन्। व्यापार तथा नोकरीमा फाइदा उठाउन सकिनेछ। बुधवारपछि फजुल खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। पहिलेकै काम दोहोर्याउनुपरे पनि सप्ताहान्त फलदायी रहनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रारम्भमा अरूका काममा जुट्नुपरे पनि पछि आफैंलाई फाइदा हुनेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। विशिष्ट व्यक्ति भेट्ने अवसर प्राप्त हुनेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। अध्ययनमा सकारात्मक नतिजा हातपार्न सकिनेछ। व्यवसायमा विभिन्न अवसर जुट्नाले आम्दानी बढ्नेछ। अरूको मन जितेर काम बनाउन सकिनेछ। सप्ताहान्तमा भने जिम्मेवारी पूरा गर्न नसकिएला। खर्चको जोहो गर्नुपर्ने चुनौती समेत देखापर्न सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा केही चुनौती पनि देखिनेछन्। तापनि सोमवारदेखि स्थितिमा सुधार आउनेछ र मिहिनेतले बिस्तारै सफलता दिलाउनेछ। अवसरले उत्साह जगाउनेछ। पहिलेका समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा हातपार्न सकिनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले नाम, दाम र इनाम समेत दिलाउनेछ। सप्ताहान्तमा आयस्रोत सबल बन्नाले उत्साहित भइनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा रमाइला ठाउँको यात्रा गर्ने अवसर जुट्न सक्छ। प्रियजनसँग भेटघाट हुनेछ भने आतिथ्यपूर्ण सम्मान पनि प्राप्त हुनेछ। सोमवार र मंगलवार भने स्थिति असहज बन्नाले अप्ठ्यारा कामको बोझ उठाउनुपर्ला। न्यूनतम आवश्यकता पूर्ति गर्नै संघर्ष गर्नुपर्ने हुन सक्छ। चोटपटकको योग समेत देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। बुधवारपछि स्थितिमा सुधार आउनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ। दिगो काम शुभारम्भ गर्न सकिनेछ। रोकिएका घरेलु कामकाज पनि सम्पादन गर्न सफल भइनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा गरिएको पुरुषार्थी कामले धन र मानसमेत दिलाउनेछ। जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। व्यापार–व्यवसायमा विशेष फाइदा हुनेछ। बुधवारपछि स्वास्थ्य कमजाेर हुनेछ र अर्थअभावले सताउनेछ। यात्रा पनि खर्चिलो र कष्टपूर्ण हुने सम्भावना छ। सप्ताहान्तमा भने बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। मिहिनेतले सफलताकाे उचाइसम्मै पुर्याउन सक्छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुकाे दिन केही अलमलमा बित्नेछ। तापनि, आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। आँटले काम सम्पादन हुनेछ। अध्ययनतर्फ मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ। विभिन्न अवसर प्राप्त हुनुका साथै रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ। प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सफल भइनेछ। व्यापार बढ्नेछ र दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। तर व्यावहारिक उल्झनले सप्ताहान्तमा केही समस्या समेत देखापर्नेछन्। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सुरुमा ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। साेमवारदेखि स्थितिमा सुधार आउनेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। साथीभाइको सहयोग जुट्नेछ। व्यापार र उद्योगमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीहरू सजिलै पराजित हुनेछन्। राम्रो नतिजाका लागि विवेकले काम लिनुहोला। मिहिनेत गर्दा चिताएको काम सम्पादन हुनेछ। सप्ताहान्तमा केही खर्चिलो काम गर्नुपरे पनि मालमत्ता जोड्न सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बीचमा केही उतारचढाव आए पनि समग्रमा साता उत्साहवर्द्धक रहनेछ। आयआर्जन बढ्नुका साथै दिगो गर्न सकिनेछ। तारिफयाेग्य काम गरेर अवसर हातपार्ने समय छ। आँटले काममा सफलता दिलाउनेछ। तर साेमवार र मंगलवार अरूको भरपर्दा काम बिग्रन सक्छ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। पछिल्लाे समय लाभदायक रहनेछ। विद्यार्थीहरूका लागि समय उत्साहवर्द्धक रहनेछ। मिहिनेत गर्दा अप्ठ्याराे परिस्थिति समेत सुल्झाउन सकिनेछ। सप्ताहान्तमा भने प्रतिस्पर्धामा उत्रनुपर्ला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
साता उत्साहवर्द्धक रहनेछ। प्रारम्भमा बोलीको प्रभावले काम बन्नेछ भने आर्थिक क्षेत्रमा समेत फाइदा हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मित्रहरूको सहयोग जुट्नाले महत्त्वपूर्ण काम बन्नेछ। बुधवारपछि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। घरेलु समस्यामा अलि सावधान रहनुहोला। मिहिनेतले चुनौती पन्छाउन सफल भइनेछ। गोपनीयतामा ध्यान दिनुहाेला।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सरल जीवनशैलीले धेरैलाई प्रभावित पार्न सकिनेछ। मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। सप्ताहान्तमा परिस्थिति केही असहज बन्ने हुँदा बोली-व्यवहारमा सजग रहनुहोला। भौतिक साधनकाे कमीले व्यवहारमा अप्ठ्याराे पर्न सक्छ। आफन्तकाे सहयाेगले काम बन्नेछ।



