यस्तो छ पुस २४ गते देखी पुस ३० गतेसम्मको साप्ताहिक राशिफल – ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा पारिवारिक मतभेदले काम राेकिन सक्छ। केही विवादास्पद जिम्मेवारीसमेत वहन गर्नुपर्ला। तापनि, सामाजिक कामले हाैसला प्रदान गर्नेछ। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले उपलब्धि दिलाउन सक्छ। रोकिएका काम बन्नेछन् र आँट गर्दा ठूलै काम पनि सम्पादन हुनेछ। सप्ताहान्तमा विभिन्न अवसर प्राप्त हुनेछन् र दैनिकीले उचाइको बाटो समाउनेछ। प्रेमको बन्धन कसिलो हुनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ र बढी धन खर्च होला । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
साता केही संघर्षपूर्ण रहनेछ। प्रारम्भमा काम बिग्रने भयले सताउन सक्छ। सहयाेगीहरूले हात झिक्नेछन्, शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। मंगलवारदेखि पारिवारिक समस्याले सताउन सक्छ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अध्ययनमा भने केही उपलब्धि हासिल गर्न सकिनेछ। स्वास्थ्यका लागि सुपाच्य खानपानमा विशेष ध्यान दिनुहोला। चुनौती देखिए पनि समस्याको जड पत्ता लाग्नेछ। लामो समयदेखि रोकिएका काम साताकाे उत्तरार्धमा बन्नेछन्। पुरुषार्थ देखाएर लाभ उठाउन सकिनेछ। यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग पर्पल वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
साताकाे प्रारम्भ रमाइलो र उपलब्धिमूलक रहनेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। सहयोगीहरूले साथ दिनेछन् भने प्रतिस्पर्धीहरू परास्त हुनेछन्। नयाँ प्रक्रियाबाट काम गर्ने अवसर जुट्नेछ। मिहिनेतले अधिकार र प्रतिष्ठा दिलाउनेछ। मनग्य अर्थलाभ पनि हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सप्ताहान्तमा भने अलि अस्वस्थ भइनेछ। केही घरेलु समस्या पनि देखिनेछन्, सावधान रहनुहोला। कृषि र पशुपालनमा फाइदा हुनेछ। पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रारम्भमा इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। आँटले काम लिँदा लक्ष्यमा पुगिनेछ। पारिवारिक जमघटकाे आनन्द प्राप्त हुनेछ। अध्ययनद्वारा व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। मंगलवार र बुधवार भने वादविवादमा परिने, खर्च बढ्ने र आम्दानी राेकिने सम्भावना छ, सजग रहनुहोला। आत्मसम्मानका लागि मौन रहनु बेस हुनेछ। बिहीवारदेखि स्थितिमा सुधार आउनेछ। तापनि, भौतिक साधनकाे कमीले व्यवहारमा अप्ठ्याराे पर्न सक्छ। प्रयत्न गर्दा नियमित काम सम्पादन हुनेछन्। लगनशीलताले नाम, दाम र इनाम पनि दिलाउनेछ। बैङ्किङ क्षेत्रमा र साझेदारीको कार्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। परिस्थितिले केही थकित तुल्याउन सक्छ। तापनि आँटेकाे काम सम्पादन हुनेछ। मंगलवारदेखि खानपान र पहिरनको सोखले खर्च बढाउन सक्छ। स्वास्थ्य पनि अलि कमजाेर रहनेछ। आगन्तुकले अलमल्याउन सक्छन्। केही काम रोकिनाले आर्थिक पक्ष पनि कमजोर बन्ने सम्भावना छ। आलोचकहरूले आफ्ना कमजोरीप्रति औंलो ठड्याउन सक्छन्। भौतिक साधनकाे कमीले दैनिक काममा अप्ठ्याराे पर्न सक्छ। कर्मक्षेत्र र स्वास्थ्यमा केही बाधा हुनेछ। शेयर बजारको लगानी अर्थहीन हुनसक्छ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग पहेँलो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापार बढ्नेछ र राम्रै आम्दानी हातलागी हुनेछ। तर प्राप्त रकम बाहिरिने हुँदा अर्थ अभावले सताउनेछ। साताभरि स्वास्थ्यबाधा, अर्थहानि जस्ता समस्यासँग जुध्नुपर्ला। काम बिग्रने डरले सताउन सक्छ। सहयोगीहरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा रमाइलाे भेटघाट र खानपानकाे अवसर प्राप्त हुनेछ। तर, आगन्तुकसँगको साक्षात्कारले समस्यामा परिनेछ। आफन्त र साथीभाइको सहयोगले अभीष्ट पूरा हुनेछ। साताको उत्तरार्धबाट नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
राम्रो अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारीले साताभरि अलमलिनुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मंगलवार र बुधवार काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ। व्यवसायमा सामान्य फाइदा हुनेछ। सञ्चित कर्मफल प्राप्त हुनेछ तर उठेकाे रकम तत्काल खर्च हुनेछ। बिहीवारपछि काममा अलि बाधा पुग्नेछ। फजुल खर्च बढ्नाले ऋण–कर्जा समेत बढ्न सक्छ। सप्ताहान्तमा पछिका लागि लगानी जुटाउनुपर्ने हुन सक्छ। खर्च लागे पनि यात्राकाे साइत जुर्न सक्छ। अकस्मात् धन सम्पत्ति हात पर्नेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र जाेशजाँगर बढ्नेछ। लाेकप्रिय कामले समाजमा स्थापित गराउनेछ। इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ। विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। पदीय जिम्मेवारी समेत प्राप्त हुने सम्भावना छ। रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। सहयोगीहरूले पनि काममा साथ दिनेछन्। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। व्यापार बढ्नाले आम्दानी बढ्नेछ र सप्ताहान्तमा विशेष लाभ हुने सम्भावना छ। मध्य साताबाट भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा स्वास्थ्य कमजाेर रहनेछ र अलमलमा समय बित्नेछ। चिताएकाे काम राेकिन सक्छ। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउने देखिन्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिस्थिति अलि असहज बन्न सक्छ। साताकाे उत्तरार्धमा समस्या सुल्झाउन सफल भइनेछ। चुनौती देखिए पनि समस्याको जड पत्ता लाग्नेछ। मिहिनेत गर्दा अवसर प्राप्त हुनेछन्। सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। प्रयत्न गर्दा नयाँ काम गर्ने अवसर जुट्न सक्छ। साथीभाइले पनि साथ दिनेछन्। केही उपलब्धि हातपार्न सफल भइनेछ।आर्थिक कारोबारमा मन्दी पनि आउनेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा रमाइलो भेटघाट र खानपानकाे आनन्द प्राप्त हुनेछ। साथीभाइ नजिकिनेछन्। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। महत्त्वपूर्ण काम सुरुमै गर्दा सफलता मिल्नेछ। व्यापार–व्यवसायमा समेत फाइदा हुनेछ। मंगलवारदेखि स्वास्थ्यमा समस्या आउनाले काम राेकिन सक्छ। आर्थिक पक्ष पनि कमजोर बन्नेछ। अप्ठ्याराे समयमा साथीभाइ समेत टाढा हुनेछन्। परिस्थिति अलि संघर्षमय रहनेछ। बिहीवारदेखि स्थितिमा सुधार आउनेछ र राेकिएकाे काम पनि बन्नेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले सफलता मिल्नेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर आए पनि प्रतिस्पर्धीहरूसँग जुध्नुपर्ने समय छ। फजुल खर्च बढ्नाले सञ्चित रकम घट्नेछ। कर्जा दिनुअघि मूलधन सुरक्षामा सजग रहनुहोला। मंगलवारदेखि रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ। प्रियजनसँग भेटघाट हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनुका साथै जीवनशैलीमा परिवर्तन आउनेछ। दिगो व्यवसायमा हातहाल्ने समय छ। रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। बिहीवारपछि काम छाेड्नाले अवसर गुम्न सक्छ। स्वास्थ्यमा पनि केही समस्या आउन सक्छ। तर समयमा समस्या दर्साउँदा सहयाेगीहरूले साथ दिनेछन्।शेयर बजारको लगानी पनि अर्थहीन हुनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
साताकाे प्रारम्भ फलदायी रहनेछ। बुद्धिकाे उपयाेगले समस्या सुल्झाउन सकिनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेत गर्दा अध्ययनमा राम्रो प्रगति हुनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनतेले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बुद्धिले लक्ष्यमा पुर्याउनेछ। पुरुषार्थी कामले उचाइमा पुर्याउनेछ। व्यवसायका लागि यात्रा गर्नुपर्ला। सप्ताहान्त केही खर्चिलाे रहनेछ। वादविवादले आत्मीय सम्बन्ध पनि कमजाेर बन्नेछ, सजग रहनुहाेला। मंगलबारबाट नयाँ जिम्मेवारी पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । स्वादिष्ट परिकारले समेत प्रतीक्षा गर्नेछ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि कार्य गर्दा राम्रो हुनेछ ।