Friday, January 17, 2025
समाजगुच्चा अड्किएर ५ वर्षीय बालकको मृत्यु

गुच्चा अड्किएर ५ वर्षीय बालकको मृत्यु

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–९ जमिरेमा घाँटीमा गुच्चा अड्किएर एक बालकको मृत्यु भएको छ । शुक्रबार साँझ भारतको जम्भुकटुवा घर भई हाल मनहरीमा बस्दै आएका रामकुमार दासका ५ वर्षीय छोरा राम दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाँटीमा गुच्चा अड्किएपछि सास फेर्न नसकेपछि उपचारका लागि भरतपुर सरकारी अस्पतालमा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ बालक खेल्ने क्रममा गुच्चा मुखमा हाल्दा घाटीमा अड्किन पुगेको थियो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img