Wednesday, February 12, 2025
राशिफलकुम्भ राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

कुम्भ राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

कुम्भ राशिहरुका लागि ज्योतिषको दृष्टिकोणले वर्ष २०८० कस्तो रहनेछ ?

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

कुम्भ राशिका जातकका लागि समग्रमा २०८० साल शुभ त्यति खास नरहला । शनि, बृहस्पति, राहु र केतुको प्रभावले वर्षभरी नै तपाईँलाई कमजोर बनाउन सक्छ, कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी जस्ता फल भोग्नु पर्ला, तर यदि जन्मकुण्डलीमा यी ग्रहहरूको अवस्था राम्रो भएमा नराम्रा फलको सामना गर्नु पर्दैन र भाग्यमा वृद्धि हुनेछ । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । नसोचेको ठाउँबाट चमत्कारी लाभ पनि मिल्नसक्छ ।

यो वर्ष आर्थिक समस्या बढ्न सक्ने देखिन्छ । खाद्यान्न, निर्माण, दलाली र तरल पदार्थमा गरेको लगानीबाट राम्रो प्रतिफल पाइनेछ । सेयरबजार र धातु जन्य सामानको व्यवसायबाट नोक्सानी हुन सक्छ । शैक्षिक क्षेत्र, वैदेशिक लगानी र वित्तीय संस्थामा गरेको लगानीबाट राम्रो फल नमिल्ला । आर्थिक दृष्टिले जेठ र कात्तिक महिनामा धन हानी हुनेछ भने वैशाख, साउन, पुष र फागुन महिनामा अधिक लाभ मिल्नेछ । यो वर्ष प्रेम प्रसङ्गका लागि सामान्य रहेको छ अतः प्रेममा सफलता प्राप्त गर्न धैर्य र सत्यताको आवश्यक पर्दछ । कसै कसैको जन्मकुण्डलीमा गण गुण राम्रो हुन गाएमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिन्छ ।

यो वर्ष विद्यामा ह्रास आउनसक्छ । स्वदेश तथा विदेश टाढिएर पढ्न गएका विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रबाट मिहिनेत अनुसार सफलता नमिल्ला, तर भाषा र गणित विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ । असार र भाद्र महिनामा राम्रो परिणाम आउनसक्छ । दबाब र तनाव बढे पनि नयाँ जागिरको अवसर मिल्नेछ र वैदेशिक रोजगारको सम्भावना पनि रहेको छ । पर्यटन र प्राविधिक क्षेत्रका पेशाकर्मीहरूले राम्रो सफलता हात पर्नेछ । राजनैतिक र सामाजिक क्षेत्रबाट पनि ख्याति कमाउन सकिनेछ, तर कार्य क्षेत्रमा शत्रुबाधा हुनसक्छ ।

यो वर्ष स्वास्थ्यमा नयाँ समस्या आउन सक्नेछ । रक्तसञ्चार, नसा, टाउको र आँखाको समस्या पनि बढ्नसक्छ । परिवारको स्वास्थ्यमा धन खर्च बढ्नसक्छ, मानसिक चिन्ताबाट बच्न उचित परामर्श र आहार बिहार प्रति सजगता अपनाउनु पर्नेछ ।

शुभ रङ्ग सुन्तला रङ्ग, रातो, खैरो, सेतो र पर्पल शुभ रङ्ग हो । शुभ अङ्क १, २, ३, ७ र ८ शुभ अङ्क हो । प्रत्येक विहीबार लक्ष्मीनारायणको दर्शन पूजा, आराधना एवं पूजा गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । विपन्न वर्गका विद्यार्थीहरूलाई सहयोग गर्ने, खानेकुरा दिने र मान्यजनको आशीर्वाद लिनाले पनि राम्रो हुनेछ । कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि आफ्नो पितृदेवको आशीर्वाद लिई गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस