२०८० असोज ७ गतेदेखी १३ गतेसम्मको साप्ताहिक राशिफल- ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशिका लागि यो साता उत्तम रहेको छ । नवम भावमा चन्द्रमाको गोचरबाट साताको सुरुवात भइ दशम र एकादश भावमा चन्द्रमा रहने हुनाले सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । प्रारम्भमा केही उल्झन देखिए पनि हिम्मत गर्दा चिताएको काम सजिलै बन्नेछ। धेरैको विश्वास जित्न नसकिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। नाम, दाम र इनाम हातपार्ने समय छ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। लगनशीलताले कीर्तिमानी समेत दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन्। साताको अन्त्यमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग खैरो वा आकाशे रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशिका लागि साता मिश्रित रहनेछ। साताको शुरुमा चन्द्रमाको गोचर आठौं भावमा रहने हुनाले स्वास्थ्य कमजोर हुने, खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्नेछ । सुरुमा स्वास्थ्य कमजाेर हुनेछ र धन खर्चनुपर्नेछ। परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। तापनि सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। खर्च लागे पनि नयाँ काम सुरु हुनेछ। आध्यात्मिक चिन्तनले सुख प्राप्त हुनेछ। इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउनेछ। लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पर्पल वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता अधिक मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साताको शुरुमा सप्तम भावमा चन्द्रमाको गोचर रहने हुनाले सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आर्थिक अवस्था सबल रहनेछ । सुरुमा विवादास्पद जिम्मेवारीले समस्या निम्त्याउन सक्छ। परिस्थितिवश काम बिग्रने चिन्ताले पनि सताउला। जिम्मेवारी बढ्नेछन् र अरूका लागि समय खर्च हुनेछ। बीचमा अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि साथीभाइकाे सहयाेगले काम बन्नेछ। बिस्तारै आध्यात्मिक चिन्तनले दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। साताको उत्तरार्धमा प्रतिद्वन्दी हरूले कार्यमा अवरोध ल्याउनेछन् । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग रातो वा निलो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिका लागि यो साता शुभ रहेको छ । बोलीको प्रभाव बढ्नेछ। आर्थिक अवस्था सबल रहनेछ। पुरुषार्थी काम गर्न अग्रसर भइनेछ। रमाइलो यात्राको साइत जुर्नेछ भने चिताएको नयाँ काम पनि बन्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। तारिफयाेग्य काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। बुधवार र बिहीवार भने अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। कामको बोझ थपिनेछ भने रकम बाहिरिनाले अर्थ अभाव देखापर्नेछ। शैक्षिक क्षेत्र पनि राम्रै रहनेछ । साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा चन्द्रमाको गोचर पञ्चम भावमा रहने हुनाले तपाईको बौद्धिक क्रियाकलापमा मन जानेछ भने तपाईको सिर्जनात्मक क्षमताको कदर हुनेछ। अध्ययनमा राम्राे प्रगति हुनेछ। प्रतिस्पर्धीहरूबाट भने सावधान रहनुपर्ला। अनावश्यक किनमेलमा खर्च बढ्नाले केही समय अर्थ अभाव देखापर्न सक्छ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउलान्। बुधवारदेखि स्थितिमा सुधार आउनुका साथै नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। राेकिएका काम बन्नाले नयाँ कर्मतर्फ अग्रसर भइनेछ। शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग पर्पल वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । साताको शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले पारिवारिक समस्या, अनावश्यक झण्झट एवं कार्यमा वाधा आउन सक्नेछ । तर मंगलबार देखि भने अवस्था सकारात्मक हुँदै जानेछ। सुरुमा पारिवारिक उल्झनले काम राेकिन सक्छ। ईर्ष्या गर्नेहरूबाट अवरोध हुनेछ। तापनि मिहिनेत गर्दा परिस्थिति अनुकूल बन्नेछ। अध्ययनमा प्रगति हुनेछ। आफ्नो अभियानमा धेरैले साथ दिनेछन्। पहिलेकाे स्थितिमा सुधार आउनेछ। बुधवारदेखि आफ्नाे काम खस्किने र प्रतिस्पर्धीहरू जाग्ने सम्भावना छ। फजुल खर्च पनि बढ्नेछ। रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग सिन्दुरे वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिका लागि यो साता तृतीय भावमा चन्द्रमाको गोचर रहने हुनाले साहस तथा पराक्रम बढ्नेछ। आफ्ना साथीभाईबाट महत्वपुर्ण सहयोग मिल्नेछ । प्रारम्भमा काम बन्नेछ। तर घरेलु समस्या र पुरानाे वादविवाद सुल्झाउन जुट्नुपर्ला। बलभन्दा बुद्धिको उपयोगले फाइदा लिन सकिनेछ। असम्भव काममा समेत युक्तिले सफलता दिलाउन सक्छ। बुधवारदेखि स्थिति अनुकूल बन्नुका साथै विभिन्न अवसर पनि प्राप्त हुनेछन्। हिम्मतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ भने मेहनतले आम्दानीको दिगो स्रोत जुटाउन सकिनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सुन्तला वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिका लागि यो साता शुभ रहेको छ। धन स्थानमा चन्द्रमाको गोचरबाट साताको शुरुवात हुने हुनाले तपाई बोलीको प्रभाव बढ्ने छ । प्रारम्भमा आंशिक काम बन्नेछ र न्यून उपलब्धि हातलागी हुनेछ। तर अरूकाे भरपर्दा काम बिग्रन सक्छ। सहयाेगीहरू टाढिने र प्रतिस्पर्धीहरू जाग्ने सम्भावना देखिन्छ। आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। तापनि मिहिनेतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ र सावधानीले जाेखिम टर्नेछ। बुधवार र बिहीवार घरायसी समस्या देखिनेछन्। वित्तीय संस्थाबाट सहयोग पाइनेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा चन्द्रमाको प्रभाव प्रथम भावमा रहने हुनाले मान प्रतिष्ठा बढ्नेछ । प्रारम्भमा स्वास्थ्य कमजाेर देखिए पनि बोलीको प्रभाव बढ्नेछ। तर्कशक्ति बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ। व्यापार बढ्नेछ अथवा दिगो फाइदा हुने काम सुरु हुनेछ। मेहनतीहरूलाई समयले साथ दिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। बीचमा अवसरवादीहरूबाट सावधान रहनुहोला। काममा आफ्नैबाट धोका हुनेछ, योजना सार्वजनिक नगर्नुहोला। सप्ताहान्तमा पारिवारिक उल्झनमा परिने सम्भावना छ। प्रेम जीवनमा भने लचकता पनि अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग खैरो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशिका लागि साता आइतबार र सोमबार अनावाश्यक यात्रा हुने, धन खर्च हुने एवं चिन्ता बढ्ने देखिन्छ । तर मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । प्रारम्भमा खर्चिलाे काम गर्नुपरे पनि हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुनेछ। लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। राम्रा काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। मानसम्मान प्राप्त हुनेछ। वादविवादमा आफ्नो पक्ष बलियो हुनाले फाइदा भइरहनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग खरानी हो । शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका लागि यो साताको शुरुवातको दिन आइतबार र सोमबार लाभ स्थानमा चन्द्रमाको गोचर रहने हुनाले व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाईबाट सहयोग प्राप्त हुनेछ । प्रारम्भमा मनग्य आम्दानी भए पनि खर्चिलाे काम थाल्नाले अर्थ अभाव देखापर्न सक्छ। समस्या सुल्झाउन कर्जा लिनुपर्ने हुन सक्छ। यात्रा र अनावश्यक किनमेलमा बढी खर्च हुनेछ। बुधवारदेखि स्थितिमा सुधार आउनुका साथै नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। साताको अन्त्यमा स्वास्थ्यप्रति र बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग ध्वाँसे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा कार्य गर्नु अघि विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साताको शुरुमा चन्द्रमाको गोचर दशम भावमा रहने हुनाले यो साता उपलब्धि मुलक हुने देखिन्छ । नोकरी एवं व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ । मिहिनेतकाे प्रतिफल प्राप्त हुने समय छ। दिगो काम प्रारम्भ हुनेछ। व्यापार बढ्नेछ। र, मनग्य आम्दानी हातलागी हुनेछ। लगनशीलताले सफलताको उचाइमा पुर्याउन सक्छ। बुधवारदेखि खर्चिलाे काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। समस्या पर्दा आफन्तकाे साथ–सहयाेग पनि नजुट्न सक्छ। यात्रा खर्चिलाे बन्नेछ। विदेश ताक्नेहरूलाई पनि रकमले अड्काउन सक्छ। साताको मध्यमा नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग निलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।