Wednesday, March 26, 2025
समाजभन्सार छली ल्याइएको मदिरा सहित पाँचजना भारतीय नागरिक मकवानपुरमा पक्राउ

भन्सार छली ल्याइएको मदिरा सहित पाँचजना भारतीय नागरिक मकवानपुरमा पक्राउ

हेटौँडा: मकवानपुर प्रहरीले आइतबार भन्सार छली दुईवटा भारतीय कारमा ल्याइएको विभिन्न ब्रान्डका आठ सय ५५ बोतल मदिरा सहित पाँचजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–१५, रातोमाटे चेकपोष्टबाट शुक्रबार र शनिबार २ वटा भारतीय कारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।

WhatsApp Image 2023 09 24 at 6.47.01 PM
भन्सार छली ल्याइएको मदिरा ।

पक्राउ पर्नेहरूमा भारतको पश्चिम दिल्ली बस्ने २७ वर्षको बिक्की, २५ वर्षको राहुल, २८ वर्षको कुनाल, ३१ वर्षको नहिम र ३७ वर्षको राजु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए। उनका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौँडा– १५ रातोमाटे चेकपोस्ट अगाडिबाट उक्त मदिरा र कारसहित पाँचजना भारतीयलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा सवारीसाधनहरू रोकी जाँच गर्ने क्रममा चितवनबाट आउँदै गरेको  डिएल २ सिएके १३९० र डिएल २ सिएके ७२७३ नम्बरको भारतीय कारबाट भारतको उत्तर प्रदेशबाट भन्सार छली ल्याइएको रोयल ग्रिन ह्विस्की तीन सय ७५ एसएलको सात सय १५ बोतल र एक सय ८० एसएलको एक सय ४० बोतल गरी आठ सय ५५ बोतल मदिरा बरामद गरेको प्रहरी प्रमुख रिजालले जानकारी दिए।

नियन्त्रणमा लिएको मदिरासहित कार र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको प्रहरी प्रमुख रिजालले जानकारी दिए।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img