Sunday, September 15, 2024
देशकोशी प्रदेशभोजपुरमा छिमेकीको हत्या गरेर फरार रहेका एक व्यक्ति तरहराबाट पक्राउ

भोजपुरमा छिमेकीको हत्या गरेर फरार रहेका एक व्यक्ति तरहराबाट पक्राउ

सुनसरी / भोजपुरमा छिमेकीको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले ३४ वर्षपछि पक्राउ गरेको छ ।

२०४६ सालमा एक पुरुषको हत्यामा संलग्न आरोपमा ६१ वर्षीय चक्रबहादुर राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो ।

भोजपुरको उत्तरी साविक दोभाने गाविस ८ (हाल साल्पासिलिछो गाउँपालिका ५) का राई घटना हुँदा २७ वर्षका थिए ।

उनले छिमेकी २६ वर्षीय बद्रीकुमार राईलाई खुकुरीले शरीरका विभिन्न भागमा प्रहार गरी बायाँ हातसमेत छिनाएर फरार रहेका थिए । उनलाई उपचारका लागि खाँदबारी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

२०४६ साल कात्तिक १७ गते रातको समयमा बद्रीमाथि खुकुरी प्रहार गरी फरार रहेका उनलाई सुनसरीको इटहरी २० तरहराबाट लुकीछिपी बसेको अवस्थामा असोज ५ गते पक्राउ गरिएको हो । भोजपुरका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार हत्यामा संलग्न अन्य तीनजनाको अझै खोजी भइरहेको छ ।

२०४६ साल कात्तिक २० गते मुद्दा दर्ता भएको र अनुसन्धानसहित सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा पेश भएको मुद्दामा २०६० साल जेठ २७ गते प्रतिवादीलाई अदालतबाट जन्मकैदको फैसला भएको प्रहरीले बताएको छ ।

फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले सुनसरीको तरहराबाट पक्राउ गरेको हो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img