राशिफलफागुन २८ देखी चैत ४ गते सम्मको साप्ताहिक राशिफल

फागुन २८ देखी चैत ४ गते सम्मको साप्ताहिक राशिफल

यो साप्ताहिक राशिफल समग्रमा मिश्रित अनुभव देखाउँछ। प्रत्येक राशिका लागि आरम्भमा केही चुनौतीहरू छन्, जस्तै स्वास्थ्य समस्या, आर्थिक खर्च, काममा बाधा आदि। तर साता अगाडि बढ्दै जाँदा, स्थिति सुधार हुन्छ र राम्रा अवसरहरू आउँछन्। मिहिनेत र लगनशीलताले सफलता, नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। नयाँ योजना र काम प्रारम्भ हुनेछन्, अध्ययनमा प्रगति हुनेछ र व्यापार तथा व्यवसायमा लाभ मिल्नेछ।

मेष – परिश्रमले सफलता दिलाउनेछ र अन्तमा स्थिति अनुकूल बन्नेछ तर आरम्भमा समस्या र अर्थ अभावको सामना गर्नुपर्नेछ। परिश्रमअनुसार राम्रै फल प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। व्यवसायमा मनग्य लाभ हुनेछ। तर साेमवारदेखि धन बाहिरिनाले अर्थ अभाव देखापर्न सक्छ। परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। पुरानाे समस्या दोहोरिनाले उत्साहमा कमी आउनेछ। फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। खानपानमा सजग नहुँदा स्वास्थ्य कमजाेर हुनेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। अध्ययनमा प्रगति हुनेछ। पेसा–व्यवसायमा लाभ मिल्नेछ। मिहिनेतले सफलता दिलाउनेछ। यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि कार्य गर्नाले सफलता मिल्नेछ ।

वृष – यो समय प्रतिष्ठित काम गर्न र व्यापार बढाउन उपयुक्त छ तर मध्यावधिमा केही सामाजिक समस्या आउन सक्छन्। प्रारम्भमा सामाजिक काममा प्रवृत्त भइनेछ। प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। नयाँ काम प्रारम्भ हुनेछ भने रचनात्मक कामको यश लिने अवसर प्राप्त हुनेछ। नोकरी र पेसा–व्यवसायमा प्रगति हुनेछ। व्यापार बढ्नेछ। अध्ययनले उचाइको बाटो समाउनेछ। तारिफयोग्य कामले विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ। आम्दानीका स्रोत जुट्नेछन्। भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ। बुधवार र बिहीवार भने आकस्मिक खर्च बढ्नेछ, आफन्त टाढिनेछन् र काम राेकिनाले समस्या पर्न सक्छ। यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मिथुन – मिहिनेतले कीर्तिमानी काम गर्न सकिनेछ र आम्दानीको अवसर पाइनेछ तर आरम्भमा स्वास्थ्य र अरूद्वारा उपयोग हुने समस्या देखिन्छ। प्रारम्भमा स्वास्थ्य कमजोर हुनाले अध्ययनमा बाधा हुनेछ। अरूको स्वार्थमा उपयोग भइनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। साेमवारदेखि स्थितिमा सुधार आउनुका साथै सामाजिक प्रतिष्ठा बढ्नेछ। सहयोगीहरूले समस्याको स्थितिबाट उकास्नेछन्। मिहिनेतले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। गुमेको स्थान प्राप्त हुनेछ। व्यापार बढ्नेछ र पेसा–व्यवसायमा मनग्य आम्दानी हुनेछ। सप्ताहान्तमा भने केही खर्च बढ्ने सम्भावाना छ। यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट – लगनशीलताले प्रतिष्ठा दिलाउनेछ तर आरम्भमा स्वास्थ्य र काम बिग्रने समस्या देखिन्छ। प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। व्यावहारिक कठिनाइ देखा पर्नाले चिताएको काम रोकिन सक्छ। आशा देखाउनेहरूले धाेका दिनेछन्। आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। अरूकै काममा समय बित्नेछ र अपजस पाइनेछ। बुधवारदेखि स्थितिमा सुधार आउनाले राेकिएका काम बन्न थाल्नेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग घ्यू रङ्ग वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानको आरधना गरि कार्य गर्नाले सफलता मिल्नेछ ।

सिंह – समस्यामा सहयोगीहरूको साथ पाइनेछ तर आरम्भमा स्वास्थ्य कमजोर हुने, खर्च बढ्ने र काम रोकिने सम्भावना छ। प्रियजनसँगको भेटघाटले सुरुआत रमाइलो रहे पनि यो साता केही उतारचढावमय रहनेछ। साेमवारदेखि स्वास्थ्य कमजाेर हुने, खर्च बढ्ने र काम राेकिने सम्भावना देखिन्छ। आफन्तसँग मनमोटाव बढ्नेछ र काम बिग्रने डरले सताउन सक्छ। श्रमपूर्वक काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ। बुधवारदेखि स्थितिमा केही सुधार आउनेछ र सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरूकाे साथ–सहयाेग जुट्नेछ। सप्ताहान्तमा केही उपलब्धि प्राप्त गर्न सकिनेछ। काममा सफलता मिल्नेछ। यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

कन्या – मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ तर मध्यावधिमा समस्या आउन सक्छ र आम्दानी कम हुनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउनेछ भने आँटले लक्ष्यमा पुर्याउन सक्छ। भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। अध्ययनका सन्दर्भमा रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। बुधवारदेखि काम, दाम र स्वास्थ्यमा केही समस्या आउने सम्भावना देखिन्छ। आफ्नो क्षेत्राधिकार संकुचित बन्न सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला। आम्दानी कम हुनाले व्यवहारमा समस्या पर्नेछ। यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ ।

तुला – प्रेमको बन्धन कसिलो हुनुका साथै रोग र शत्रुमाथि विजय हुनेछ तर आरम्भमा स्वास्थ्य कमजोर हुन सक्छ। प्रारम्भमा कामको बोझले अध्ययनमा बाधा हुन सक्छ। खानपानकाे असावधानीले स्वास्थ्य कमजोर हुनेछ। अप्ठ्यारो बेलामा आफ्नैले दुःख दिनेछन्। साेमवारदेखि स्थितिमा सुधार आउनुका साथै चुनौतीहरू सुल्झनेछन्। आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सकिनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। व्यवसायले रमाइलो यात्राको अवसर जुटाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिनेछ। सप्ताहान्तमा स्वास्थ्यबाधा र धनहानि हुने सम्भावना छ। यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृश्चिक – मिहिनेतले नयाँ अवसर दिलाउनेछ र प्रतिस्पर्धीहरू पराजित हुनेछन् तर आरम्भमा स्वास्थ्य र सामाजिक समस्या देखिन्छ। सुरुमा पारिवारिक उल्झनले काममा बाधा पुग्नेछ। साइनो गाँस्नेहरूले केही दु:ख दिन सक्छन्। स्वास्थ्य चिन्ताले सताउनेछ भने पढाइको लक्ष्य प्राप्त नहुन सक्छ। सामाजिक समस्या देखा पर्नेछन्। चुनौतीपूर्ण कामको जिम्मेवारी समेत एक्लै वहन गर्नुपर्ने हुन सक्छ। बुधवारदेखि स्थितिमा सुधार आउनाले कामका बाधाहरू हट्नेछन्। प्रतिस्पर्धीहरूले हार खानेछन्। कामकाे सफलताले उत्साह जगाउनेछ। मिहिनेत गर्दा नयाँ अवसर प्राप्त हुनेछ। रमाइलो यात्राको साइत जुर्नेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग कालो वा सुन्तलारङ हो । कुनै शुभकर्म गर्नु पूर्व इष्ट देवताको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ

धनु – प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ तर आरम्भमा समस्या, धोका र साथीहरूबाट दूरी बढ्न सक्छ। तारिफयाेग्य काम गर्दै नाम, दाम र प्रतिष्ठा कमाउन सकिनेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्। प्रारम्भ उत्साहपूर्ण देखिए पनि साेमवारदेखि समस्या देखापर्नेछन्। बेसुरमा निर्णय लिने बानीले अप्ठ्याराे पर्नेछ। आफ्नैले धोका दिनेछन् र काम बिग्रने डरले सताउनेछ। नजिकका साथीभाइसँग दूरी बढ्ने सम्भावना छ। साइनो–सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। सप्ताहान्तमा परिस्थिति अनुकूल बन्दै जानेछ। पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ। प्रतिस्पर्धाकाे दाैडमा पनि अग्रस्थान हासिल हुनेछ। यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग खैरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर – मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ तर सातामा संघर्ष, वादविवाद र घरेलु समस्या देखिन्छ। साता संघर्षमय रहला। धेरै बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। आँटेका काममा विभिन्न क्षेत्रबाट बाधा हुनेछ। तापनि साेमवार र मंगलवार भाग्यले साथ दिने हुँदा नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। दिगो काम बन्नाले लक्ष्य प्राप्ति हुनेछ। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। बुधवारदेखि घरेलु समस्यामा अल्झनुपर्ला। आफन्तको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। अरूको भर पर्दा काममा धोका पाइनेछ। सप्ताहान्तमा भने स्थिति अनुकूल बन्नेछ। यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

कुम्भ – मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ तर आरम्भमा विवादास्पद जिम्मेवारी आउन र पारिवारिक समस्या देखिन सक्छ। प्रारम्भमा स्राेत–साधन जुट्नाले काम बन्नेछन् र मिहिनेतले उपलब्धि प्राप्त गर्न सकिनेछ। रमाइलाे जमघट र भेटघाटमा मन रमाउनेछ। साेमवार र मंगलवार विवादास्पद जिम्मेवारी आउन सक्छ। ठूलो भागको आशा राख्दा प्रतिफल गुम्न सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। बिहीवार र शुक्रवार स्थिति अनुकूल बन्नेछ। विशेष उपहार तथा सुविधाका वस्तुहरू जुट्नेछन्। सहयोगीहरूले राम्रो साथ दिनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। सप्ताहान्तमा भने पारिवारिक समस्याले मन अशान्त रहनेछ। यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग कालो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व माता बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

मीन – मिहिनेतले लक्ष्यमा पुर्याउनेछ, दिगो काम सुरु गर्न सकिनेछ र अध्ययनमा प्रगति हुनेछ तर आरम्भमा धेरै समस्या सामना गर्नुपर्नेछ। प्रारम्भमा दौडधुपका साथ समस्या सुल्झाउन जुट्नुपर्ला। परिस्थितिले केही थकित तुल्याए पनि साेमवारदेखि स्थितिमा सुधार आउनेछ। नयाँ काम गर्ने अवसर जुट्न सक्छ। स्राेत–साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। बौद्धिक काम गर्ने अवसर प्राप्त हुनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ भने रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। मिहिनेतले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले मानप्रतिष्ठा दिलाउन सक्छ।यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग पर्पल वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व मान्यजनको सल्लाह लिई कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img