यो साता मेष, वृष, मिथुन र कन्या राशिहरूले आर्थिक र स्वास्थ्य सम्बन्धी समस्याहरू झेल्न सक्छन्। मेष र वृष राशिले आर्थिक पक्ष सबल बनाउन संघर्ष गर्नु पर्नेछ भने मिथुन र कन्याले कामको बोझ र स्वास्थ्य समस्याले प्रभावित हुन सक्छन्। यद्यपि, बुधबारदेखि स्थिति अनुकूल हुने देखिन्छ, जसले मिहिनेत र लगनशीलताबाट लाभ उठाउन सकिन्छ।
सिंह, कर्कट, तुला, वृश्चिक र धनु राशिहरूले आरम्भमा राम्रो समय बिताउनेछन्। सिंह र तुला राशिका व्यक्तिहरूले सामाजिक र पारिवारिक सहयोग पाउनेछन्। वृश्चिक र धनुले पनि विशेष अवसरहरूको फाइदा उठाउँदै प्रतिष्ठा र आर्थिक लाभ प्राप्त गर्नेछन्। तर, बिहीवारदेखि केही कठिनाइहरू आउन सक्नेछन्, जसमा फजुल खर्च र पारिवारिक असमझदारी बढ्ने सम्भावना छ। स्वास्थ्य र खर्चमा ध्यान दिन आवश्यक छ।
मकर, कुम्भ र मीन राशिहरूको लागि यो साता उन्नतिको अवसरयुक्त देखिन्छ। आरम्भमा मकर राशिले केही समस्याहरू सामना गर्नुपर्ने भए पनि सोमबार साँझदेखि स्थिति सुधार हुने देखिन्छ। कुम्भ र मीन राशिहरूले विशेष उपलब्धि हासिल गर्नेछन्। मित्रजन र परिवारको सहयोगले उनीहरूको कार्यक्षमता बढाउनेछ। कुल मिलाएर, यो साता धेरै राशिहरूले चुनौतीहरूका बावजुद अवसर र उपलब्धि प्राप्त गर्नेछन्।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सुरुमा पारिवारिक भेटघाटले रमाइलो माहोल बन्नेछ भने काममा आफन्तको साथ–सहयोग पनि जुट्नेछ। पेसातर्फ लाभ उठाउन सकिनेछ, तर मंगलवार र बुधवार केही समस्या आउनेछन्। विवादास्पद काममा हातहाल्नाले अवरोध सामना गर्नुपर्ला। मङ्गलबार र बुधबार अनावश्यक खर्च बढ्न सक्नेछ। बिहीवारदेखि स्थितिमा सुधार आउनेछ भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। सुखदुःखमा साथ दिनेहरू भेटिनाले कामका बाधा हट्नेछन्। आर्थिक पक्ष सबल बन्नाले भौतिक साधन जुटाउन सकिनेछ। सप्ताहान्तमा पारिवारिक असमझदारी बढ्न सक्छ र टाउको एवं आँखा दुख्ने समस्या आउन सक्छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। वैदेशिक क्षेत्र कमजोर रहनेछ। साताको अन्त्यमा छोटो र रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। साथीभाईबाट महत्वपूर्ण सहयोग प्राप्त हुनेछ। बिरोधीहरु पराजित हुनेछन्। फलदायी प्रतिशत: ७५%
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुरुमा खर्च बढ्नेछ र आयस्रोत कमजोर हुनाले अर्थ अभावले सताउनेछ। यात्रा खर्चिलो बन्नेछ भने विवादास्पद जिम्मेवारीले साताभर अलमल हुन सक्छ। सोमबार साँझदेखि स्थितिमा सुधार आउनेछ र स्रोत–साधन जुट्नाले दिगो काम प्रारम्भ गर्न सकिनेछ। नयाँ कामका अवसर प्राप्त हुनेछन् र थप आयस्रोत जुटाउन सकिनेछ। तर अधैर्य व्यवहारले साथीभाइसँग मनमुटाव बढ्न सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। पुरानो हिसाब नमिल्दा आर्थिक कारोबारमा समस्या आउन सक्छ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नाले लाभ हुनेछ। यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ। प्रेमीको सहयोग पाइनेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। कृषि क्षेत्रमा पनि सफलता मिल्नेछ। बुधबार र बिहीबार सकारात्मक समय रहनेछ। स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्नेछ। फलदायी प्रतिशत: ७०%
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुरुमा आयस्रोत सबल बन्नुका साथै मनग्य आम्दानी हातलागी हुनेछ। सानो प्रयत्नले फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मंगलवार, बुधवार र शनिवार अधिक खर्च हुनेछ। लगानीतर्फ धेरै रकम जुटाउनुपर्ने हुन सक्छ। खर्च बढ्नाले ऋण–कर्जा समेत बढ्न सक्छ। बोली–व्यवहारमा सावधान रहनुहोला। बिहीवार र शुक्रवार स्थिति अनुकूल हुनाले प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्न सक्छ। रमाइलो जमघटमा सहभागी भइनेछ। अर्थलाभ हुनाले भौतिक साधन जुटाउन सफल भइनेछ। धर्म, कर्म, परोपकार र समाजसेवामा मन लाग्नेछ। मित्रजनको साथ र सहयोगले महत्वपूर्ण कार्य सम्पादन हुनेछ। दानपुण्यका कार्यमा सहभागी भइनेछ, तर स्वास्थ्य प्रतिकूल रहन सक्छ। फलदायी प्रतिशत: ८०%
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुरुमा एकपछि अर्को अवसर आउनाले काममा व्यस्तता बढ्नेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। कामका लागि केही खर्च पनि हुनेछ। बिहीवार र शुक्रवार फजुल खर्च बढ्न सक्छ। समयमा होसियार नबन्दा काममा बाधा पुग्नेछ। प्रयत्न गर्दा यात्रा गर्ने अवसर जुट्न सक्छ। सप्ताहान्तमा आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित काम गर्ने अवसर पनि जुट्नेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। स्वास्थ्यप्रति सजग रहनुहोला। फलदायी प्रतिशत: ७५%
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुरुमा केही चुनौतीसँग जुध्नुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। काम बिग्रने चिन्ताले सताए पनि सोमवार साँझदेखि स्थितिमा सुधार आउनेछ। आँटले काम लिन सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। नाम, दाम र इनाम हातपार्ने समय छ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। आयस्रोत थपिनाले लाभांश पनि बढ्नेछ। बिहीवारदेखि फजुल खर्च पनि बढ्नेछ। अवसरका लागि दौडधुप गर्नुपर्ला। घर–परिवारबाट टाढिनुपरे पनि यात्राको साइत जुर्न सक्छ। विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ। स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। स्फूर्ति र उमङ्गको कमी हुनेछ। फलदायी प्रतिशत: ७०%
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुरुमा अवसरका लागि चुनौतीसँग लड्नुपर्ला। अस्वस्थताबीच कामको बोझ थपिन सक्छ। नियमित काममा बाधा पुग्नेछ। ईर्ष्या गर्नेहरू बढ्नेछन् भने काम गरेर पनि जस नपाइने समय छ। अरूकै काममा धेरै समय खर्चनुपर्ला। व्यावसायिक काममा पनि केही समस्यासँग जुध्नुपर्ला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने प्रयत्न गर्नेछन्। मंगलवारदेखि स्थिति अनुकूल बन्नेछ र अड्किएको कामले गति लिनेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। लगनशीलताले लक्ष्यमा पुग्न सफल भइनेछ। सप्ताहान्तमा मनग्य अर्थलाभ हुने ग्रहयोग छ। स्वास्थ्य, सामाजिक र शुभ कार्यमा सरिक हुने सम्भावना छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। फलदायी प्रतिशत: ७५%
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रियजनसँगको भेटघाटले सुरुआत रमाइलो रहनेछ। पेसा–व्यवसायमा सामान्य फाइदा उठाउन सकिनेछ। तर आयस्रोतको लेखाजोखा नगरी खर्च गर्ने बानीले समस्या निम्त्याउन सक्छ। सोमवारदेखि स्वास्थ्य समस्याले काममा बाधा पुग्न सक्छ। लगनशीलताले केही अवसर पनि दिलाउनेछ। समस्या दर्साउँदा साथीभाइको साथ–सहयोग जुट्नेछ। काम गर्न समय लागे पनि मिहिनेतले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। बिहीवार र शुक्रवार अरूका काममा अलमलिनुपरे पनि सप्ताहान्त उपलब्धिमूलक रहनेछ। नाम, दाम र इनाम हातपार्न सकिनेछ। घर परिवारमा शुभ र मङ्गल कार्यको योग छ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। फलदायी प्रतिशत: ८०%
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुरुमा उपलब्धिमूलक रहनेछ। आँटले काम बन्नेछन् भने मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि हिम्मतले काम लिँदा लाभ मिल्नेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। बिहीवारदेखि काम, दाम र स्वास्थ्यमा बाधा आउने देखिन्छ। दाम्पत्यमा समेत असमझदारी बढ्न सक्छ। भैपरी आउने समस्याले सताउनेछ। सहयोगीहरूको साथ लिनुपर्ने हुन सक्छ। सप्ताहान्तमा अरूका लागि उपयोगी भइने सम्भावना छ। प्रेम सम्बन्ध कसिलो होला। राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। फलदायी प्रतिशत: ७०%
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुरुमा परिस्थिति अनुकूल देखिए पनि अध्ययनमा बाधा हुन सक्छ। मिहिनेत गर्दा सोचेको उपलब्धि हातलागी हुनेछ। विशेष काममा दौडधुप गर्नुपर्ने समय छ। अरूका लागि समय खर्चनुपर्ने हुन सक्छ। कामको सन्दर्भमा यात्रा गर्ने अवसर जुट्नेछ। स्थिति सुधारिनुका साथै भौतिक साधन जुट्न सक्छ। साँझतिर परिस्थितिमा सुधार आउनेछ भने मिहिनेत गर्दा लक्ष्य पहिल्याउन सकिनेछ। सामाजिक उत्तरदायित्व प्राप्त हुनेछ। सोमवार साँझदेखि केही खर्च बढ्न सक्छ। काममा फाइदा भने हुनेछ। साताको अन्त्यमा सामान्य बाधा आए पनि स्थिति सकारात्मक हुनेछ। सन्तान र जीवनसाथीको सहयोगले विशेष काम बन्न सक्छ। यात्रा गर्दा स्वास्थ्यको ख्याल राख्नुपर्छ। फलदायी प्रतिशत: ८०%
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुरुमा बाधा आउनेछ भने साथीभाइको सुझावले काम बिग्रन सक्छ। उपलब्धिका लागि विशेष प्रयत्न गर्नुपर्ला। सोमबार साँझदेखि स्थितिमा सुधार आउनेछ भने मनग्य लाभ हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मिहिनेत गर्दा केही राम्रा काम सम्पादन हुनेछन्। विशेष अवसर जुट्नाले थप आयस्रोत जुटाउने प्रयत्न हुनेछ। सन्तान वा अनुयायीका लागि खर्च गर्नुपर्ने हुन सक्छ। बिहीवारदेखि केही चुनौतीको सामना गर्नुपर्ला। महत्त्वाकांक्षी योजना अघि सार्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यावसायिक क्षेत्रमा पनि मिहिनेतले मात्र लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। शनिबार र आइतबार सुखदुःखमा साथ दिनेहरू भेटिनाले फाइदा हुनेछ। स्वास्थ्य र भौतिक सुखमा खर्च हुनेछ। फलदायी प्रतिशत: ७५%
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सुरुमा पेसा र व्यवसायमा उन्नति हुनेछ। मिहिनेत गर्दा स्थिति सहज बन्नेछ। प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। कामको उचित प्रतिफल पाउन सकिनेछ। दाम्पत्य जीवनमा पनि रमाइलो वातावरण बन्नेछ। सोमबारदेखि विवादास्पद जिम्मेवारीले अप्ठ्यारोमा पार्न सक्छ। विशेष प्रयत्न गर्दा रोकिएको काम बन्न सक्छ। आम्दानीको नयाँ स्रोत फेला पर्नेछ। साथसाथै चुनौती र खर्च बढ्नेछन्। मिहिनेत गर्दा लामो यात्राको अवसर जुट्न सक्छ। अध्ययनमा प्रगति हुनेछ। बिहीवारदेखि चुनौतीपूर्ण कामको सामना गर्नुपर्ला। प्रतिफल प्राप्त गर्न थप मिहिनेत गर्नुपर्नेछ। सप्ताहान्तमा सुखदुःखमा साथ दिनेहरू भेटिनाले फाइदा हुनेछ। स्वास्थ्य र भौतिक सुखमा खर्च हुनेछ। फलदायी प्रतिशत: ७५%
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुरुमा वैदेशिक काममा विशेष उपलब्धि हासिल हुनेछ। सोमवार साँझदेखि स्थिति अनुकूल बन्नेछ भने मिहिनेत गर्दा सम्मानित काम सम्पादन हुनेछन्। पछिका लागि फाइदाजनक कामको जग बसाउने अवसर प्राप्त हुनेछ। साथीभाइ र परिवारको सहयोग जुट्नाले विशेष अवसर हातलागी हुनेछ। मंगलबार र बुधबार केही चुनौतीको सामना गर्नुपर्ला। प्रतिफल प्राप्त गर्न थप मिहिनेत गर्नुपर्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। बिहीवारदेखि स्थिति अनुकूल हुनेछ। मिहिनेत गर्दा लोकप्रियता बढ्नाले मनग्य लाभ हुनेछ। नाम, दाम र इनाम हातपार्ने समय छ। साझेदारी र सन्तानको क्षेत्रमा सुधार आउनेछ। सप्ताहान्तमा रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। फलदायी प्रतिशत: ८०%