Wednesday, February 12, 2025
राशिफलसाप्ताहिक राशिफलजेठ २७ गतेदेखी असार १ गते सम्मको साप्ताहिक राशिफल

जेठ २७ गतेदेखी असार १ गते सम्मको साप्ताहिक राशिफल

मेष, सिंह, तुला, मकर र कुम्भ राशिहरूलाई व्यापार-व्यवसाय र आर्थिक लाभका अवसरहरू प्राप्त हुनेछन्। उनीहरूका लागि यो साता सफलता र आत्मविश्वासको हुनेछ। कन्या राशिका व्यक्तिहरूलाई पनि नोकरी र व्यापारमा सफलता मिल्नेछ। केही राशिहरूका लागि यो साता मिश्रित रहनेछ। वृष, मिथुन, धनु र मीन राशिहरूले व्यापार-व्यवसाय र आम्दानीमा केही सफलता प्राप्त गरे पनि स्वास्थ्य समस्या र घरायसी विवादहरूको सामना गर्नु पर्नेछ। तर यिनीहरूलाई साताको अन्त्यतिर राहत मिल्नेछ। वृश्चिक राशिका व्यक्तिहरूका लागि यो साता चुनौतीपूर्ण हुनेछ। उनीहरूले शुरूमा स्वास्थ्य समस्या र शत्रुहरूको सामना गर्नुपर्नेछ तर मध्यभागमा अवस्था सुधार हुनेछ। केही समस्याहरू रहे पनि कर्कट राशिलाई यस सातामा सामाजिक सम्पर्क र मनोरञ्जनका अवसरहरू प्राप्त हुनेछन्।

मेष: यो साता तपाईंका लागि शुभ रहनेछ। साताको शुरुवातमा चन्द्रमाको गोचर तृतीय भावमा रहने हुनाले कुनै पनि कार्यमा तपाईंको साहस, पराक्रम र आत्मविश्वास बलियो रहनेछ। व्यापार-व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ र आम्दानीका नयाँ स्रोतहरू थपिनेछन्। पारिवारिक सम्बन्ध सुमधुर रहने छ र प्रेम सम्बन्ध पनि सुख्खा हुनेछ। तर विद्यार्थीको पढाईमा कमजोरी देखिन सक्छ र मन अस्थिर रहनाले पढाई बिग्रन सक्छ। बिशेष दिन: सोमबार र बुधबार । फलदायी प्रतिशत: ८०% ।

वृष: व्यापार-व्यवसाय बाट धन आर्जन हुने र बोलीको प्रभाव बढ्ने यो साता तपाईंका लागि लाभदायक रहनेछ। आफ्नो बुद्धिको प्रयोगबाट विद्या र धन आर्जन गर्न सक्नुहुनेछ। तर अध्ययन-अध्यापन कार्य कमजोर देखिनेछ। सामाजिक कार्यमा संलग्नता हुनेछ र साझेदारीका कार्यबाट लाभ मिल्नेछ। परिवार र साथीभाईसँग रमाईलो समय बिताउन पाइनेछ। बिशेष दिन: बुधबार र शुक्रबार । फलदायी प्रतिशत: ७५% ।

मिथुन: सहि योजना र निरन्तर परिश्रमका साथ यो सातामा व्यापार-व्यवसायबाट उचित प्रतिफल मिल्नेछ। प्रेम र पारिवारिक जीवन सुमधुर रहनेछ तर विद्यार्थीको पढाईमा केही बाधा आउन सक्छ। आफ्नो आफन्तको सहयोगबाट महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ। शुरुका केही दिन उपलब्धिमूलक रहनेछन् तर साताको अन्त्यतिर घरायसी समस्या देखा पर्न सक्छ। बिशेष दिन: आइतबार, बुधबार शु। फलदायी प्रतिशत: ७०%

कर्कट: यस सातामा तपाईंको नोकरीमा सफलता मिल्नेछ र व्यापार-व्यवसायमा विस्तार हुनेछ। प्रेम र पारिवारिक जीवन सकारात्मक रहनेछ। तर साताको शुरुआतमा अनावश्यक खर्च बढ्ने र चिन्ता पनि बढ्नेछ। काम रोकिनाले दोहोर्याएर प्रयास गर्नुपर्ला। साेमवारदेखि शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। रमाइलाे भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। बीचको समयमा स्वास्थ्यसम्बन्धी कष्ट हुन सक्छ तर अन्त्यतिर परिस्थिति अनुकूल हुनेछ। बिशेष दिन: बुधबार, शुक्रबार । फलदायी प्रतिशत: ७५%

सिंह: साताको शुरुमा नै लाभ स्थानमा चन्द्रमाको प्रभाव रहनुले गर्दा यो साता तपाईंका लागि व्यापार-व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ। आत्मविश्वास र आत्मसम्मान उच्च रहनेछ। नोकरीमा तपाईंलाई सफलता मिल्नेछ र सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ। परिवारमा मेलमिलाप र एकता कायम हुनेछ। जीवनसाथीबाट पनि उचित साथ र सहयोग पाउनुहुनेछ। तर विद्यार्थीको पढाईमा कमजोरी देखिन सक्छ। बिशेष दिन: आइतबार, मङ्गलबार। फलदायी प्रतिशत: ८०%

कन्या: यो साता तपाईंका लागि उत्तम रहनेछ। कर्म स्थानमा चन्द्रमाको गोचरले गर्दा नोकरी गर्नेहरुका लागि शुभ समय रहनेछ। सामाजिक र आध्यात्मिक कार्यमा तपाईंको मन जानेछ र सामाजिक मान-प्रतिष्ठा बढ्नेछ। व्यापार-व्यवसायमा समेत सकारात्मक समय रहनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर हुनेछन्। तर बीचमा आर्थिक अभाव अनुभूति हुनेछ र आशा देखाउनेहरूले सहयोग नगर्दा केही नोक्सानी पनि हुन सक्छ। बिशेष दिन: आइतबार, बुधबार। फलदायी प्रतिशत: ७५%

तुला: यो साता तपाईंका लागि शुभ रहनेछ। साताको शुरुवातमा चन्द्रमा नवम भावमा रहनुले गर्दा आर्थिक अवस्था सकारात्मक रहनेछ र व्यापार-व्यवसायबाट उचित लाभ मिल्नेछ। कार्यस्थलमा तपाईंको कामको प्रशंसा हुनेछ र धन बचत हुनेछ। बिद्यार्थीको पढाई र प्रेम तथा पारिवारिक जीवन सुखद् रहनेछन्। बीचमा आय-आर्जनको वादविवाद देखा पर्न सक्छ तर अन्त्यमा चिताएको काम बन्नेछ। बिशेष दिन: सोमबार, मङ्गलबार। फलदायी प्रतिशत: ७५%

वृश्चिक: यो साता तपाईंका लागि मिश्रित रहनेछ। शुरुमा स्वास्थ्य सम्बन्धी समस्या देखिने र शत्रुबाढाका कारण कामरोक हुनसक्छ। तर मङ्गलबारदेखि अवस्थामा सुधार आउनेछ। दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ र मिष्ठान्न भोजन प्राप्त हुनेछ। व्यापार-व्यवसायबाट उचित लाभ मिल्नेछ। साथीहरुसँग रमाईला पल बिताउन पाइनेछ। पहिलाको दिन स्वास्थ कमजोर हुनसक्छ तर बुधबारदेखि स्थिति अनुकूल बन्नेछ। बिशेष दिन: बुधबार, शुक्रबार। फलदायी प्रतिशत: ६५%

धनु: धनु राशिका लागि यो साता मिश्रित रहनेछ। साताको शुरुमा चन्द्रमाको गोचर सप्तम भावमा रहनुले गर्दा तपाईंको मन सौन्दर्य र भोगविलासमा जान सक्छ। जीवनसाथीसँग रमाईला पल व्यतित गर्न पाउनुहुनेछ। साझेदारीका कार्यबाट लाभ हुनेछ र व्यापारिक कार्यका लागि यात्रा गर्नुपर्ने योग छ। स्वास्थ्य अवस्था सकारात्मक रहनेछ र व्यापार-व्यवसायमा विस्तार हुनेछ। नोकरी गर्नेहरुका लागि पनि सकारात्मक रहनेछ। प्रेम र पारिवारिक जीवन सुखद् रहनेछ तर विद्यार्थीको पढाईमा कमजोरी आउन सक्छ। बिशेष दिन: आइतबार, सोमबार। फलदायी प्रतिशत: ७०%

मकर: यो साता मकर राशिका लागि शुभ रहनेछ। साताको शुरुमा छैटौं भावमा चन्द्रमाको गोचरले गर्दा शत्रुहरु पराजित हुनेछन् र मातृ तथा मामली पक्षबाट साथ र सहयोग प्राप्त हुनेछ। सन्तानबाट सुख मिल्नेछ। तपाईंको सिर्जनशीलता बढ्नेछ र बौद्धिक क्षमताको उचित कदर हुनेछ। व्यापार-व्यवसायमा सफलता मिल्नेछ र विद्यार्थीको पढाईमा मन जानेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर हुनेछन्। बीचमा स्वास्थ्य कमजोर हुन सक्छ र विवादास्पद काममा अलमल हुनसक्छ। बिशेष दिन: सोमबार, बुधबार। फलदायी प्रतिशत: ८०%

कुम्भ: कुम्भ राशिका लागि यो साता शुभ रहनेछ। साताको शुरुमा चन्द्रमा पञ्चम भावमा रहनुले गर्दा बौद्धिक र सामाजिक कार्यमा तपाईंको सक्रियता बढ्नेछ। शारीरिक तथा मानसिक अवस्था सबल रहनेछ। सामाजिक र राजनैतिक क्षेत्रमा उचाई बढ्नेछ। सन्तानबाट सुख मिल्नेछ र आर्थिक अवस्था सबल हुनेछ। व्यापार-व्यवसायबाट उचित लाभ मिल्नेछ। परिवार र दाजुभाईसँगको सम्बन्ध सुमधुर हुनेछ। अध्ययन-अध्यापन सफल हुनेछ। बिशेष दिन: बुधबार, शुक्रबार। फलदायी प्रतिशत: ८५%

मीन: मीन राशिका लागि साताको शुरुआत केही कमजोर रहनेछ। आइतबार र सोमबार स्वास्थ्य कमजोर हुनसक्छ र घरायसी समस्याले चिन्ता बढ्नेछ। तर मङ्गलबारदेखि अवस्थामा सुधार आउनेछ। धनार्जन हुनेछ र शत्रुहरु पराजित हुनेछन्। साथीहरुसँग रमाईलो कुराकानी र उनीहरुको सहयोग मिल्नेछ। प्रेम र पारिवारिक सम्बन्ध सुमधुर हुनेछन् र व्यापार-व्यवसायमा सफलता मिल्नेछ। तर कामको बोझ बढ्नाले केही नोक्सानी पनि हुनसक्छ। बीचमा व्यवहार बिग्रन सक्छ र व्यापार-उद्योगबाट आशा अनुसारको फाइदा नमिल्न पनि सक्छ। बिशेष दिन: मङ्गलबार, शुक्रबार। फलदायी प्रतिशत: ७०%

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस