समाजकर्णाली नदीमाथि झुण्डिएका १३ खच्चडमध्ये ९ जीवित उद्धार
spot_img

कर्णाली नदीमाथि झुण्डिएका १३ खच्चडमध्ये ९ जीवित उद्धार

दैलेख । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ वटा खच्चडमध्ये ९ वटा जीवित उद्धार गरिएको छ भने २ वटा खच्चडको भने मृत्यु भएको छ।

झोलुंगे पुलको लट्ठा चुँडिएर पुलमा फसेका ९ वटा खच्चडलाई करिब ७ घण्टापछि नदीमा झारेर उद्धार गरिएको हो। २ वटा खच्चड भने पुलमै र नदीमा बगेर मरेका थिए।

पुलमा एकैपटक धेरै खच्चड हुँदा पुलमा भार परेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। मानव यातायातका लागि मात्र बनेको पुलमा एकैचोटि धेरै खच्चड हिँड्दा भार नसहन सक्ने पुल डिजाइनरको त्रुटी देखिएको छ।

खच्चडवालाहरूले पनि पुलमा खच्चडहरूलाई दौडाएर लगेको देखिएपछि यस्तो दुर्घटना भएको अनुमान गरिएको छ। पुलको लट्ठा चुँडिएपछि डोरीको सहायतामा खच्चडहरूलाई नदीमा झारिएको थियो भने नदीमा तैनाथ डुंगा र उद्धार टोलीले उद्धार गरेका हुन्।

मरेका भएका २ वटा खच्चड ठूला व्यवसायी जीवन रोका मगरका रहेको र बाँकी ७ वटा खच्चड घाइते अवस्थामा रहेको उद्धार टोलीले जनाएको छ। सुरक्षा निकायले पुलको बारेमा थप जानकारी लिने र निर्माण कम्पनीको खोजी गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img