मेष
यो हप्ता आत्मविश्वासको अभाव नहोस्, किनभने तपाईंका योजना सफल हुने संकेत छ। परिवार र साथीहरूसँग समय बिताउँदा खुसी र समर्थन प्राप्त हुनेछ। कामका नयाँ जिम्मेवारीहरूले तपाईंलाई व्यस्त बनाउनेछन्, तर उपलब्धिको आधार तयार हुनेछ। यात्रा गर्दा सर्तक रहनुहोस्, कुनै गल्तीले झन्झट निम्त्याउन सक्छ। प्रेम जीवनमा सुधार आउनेछ, तर स्पष्ट संवाद आवश्यक छ। भगवान गणेशजीलाई दुवो अर्पण गरेर सदैव दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सुन्तला र बैजनी हो भने शुभ अंक ३ र ५ रहेको छ। यो हप्ताको शुभफलदायी प्रतिशत ८५% रहेको छ ।
वृष
आर्थिक पक्षमा सुधार हुने संकेत छ, तर खर्चको मामिलामा सतर्कता अपनाउनुहोस्। पारिवारिक जीवनमा नयाँ ऊर्जा अनुभव हुनेछ र समस्या समाधान हुने सम्भावना छ। कार्यक्षेत्रमा पुराना प्रयासले फल दिन सक्छ। स्वास्थ्यप्रति ध्यान दिनुहोस्, विशेष गरी खानपानमा सन्तुलन राख्नुहोस्। साथीभाइको सहयोगले तपाईंसँगै नयाँ योजनाहरू अघि बढाउन मद्दत गर्नेछ। घरमा मांगलिक कार्य हुनाले मन आनन्दित रहनेछ। सदैव देवीलाई रातो फुल अर्पित गरेर दिनको प्रारम्भ गरौं । यो साताको शुभ रंग गुलाबी र सेतो हो भने शुभ अंक २ र ५ रहेको छ।यो हप्ताको शुभफलदायी प्रतिशत ८२% रहेको छ ।
मिथुन
यो हप्ता तपाईंको तार्किक सोच र निर्णय क्षमताले महत्त्वपूर्ण भूमिका खेल्नेछ। कार्यक्षेत्रमा सहयोगीहरूले तपाईंको कार्यलाई सहुलियत प्रदान गर्नेछन्। व्यक्तिगत सम्बन्धमा सुधार आउनेछ र पुरानो समस्या हल हुनेछ। यात्रा वा नयाँ योजना थाल्न उपयुक्त समय छ। स्वास्थ्यमा सुधार हुनेछ, तर ध्यान गर्न नछोड्नुहोस्। सदैव हनुमान चालिसा पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र निलो हो भने शुभ अंक २ र ३ रहेको छ। यो हप्ताको शुभफलदायी प्रतिशत ८७% रहेको छ ।
कर्कट
पारिवारिक र व्यक्तिगत सम्बन्धमा सन्तुलन कायम गर्नुपर्ने हप्ता हो। आर्थिक मामिलामा सुधारको संकेत छ, तर अनावश्यक खर्चबाट बच्नुहोस्। स्वास्थ्यतर्फ ध्यान दिनुहोस्, विशेष गरी आराम र योग अभ्यास गर्न सुरु गर्नुहोस्। कार्यक्षेत्रमा प्रशंसा पाउनेछ र नयाँ अवसरहरूको सम्भावना पनि छ। कुनै महत्त्वपूर्ण निर्णय लिनुअघि नजिकका व्यक्तिसँग सल्लाह लिनुहोस्। भगवान शिवलाई जल अर्पित गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र पहेलो हो भने शुभ अंक ४ र ९ रहेको छ। यो हप्ताको शुभफलदायी प्रतिशत ८३% रहेको छ ।
सिंह
यो हप्ता नेतृत्व क्षमताले तपाईंलाई उच्च स्थानमा पुर्याउनेछ। व्यक्तिगत जीवनमा खुसी र सन्तोष प्राप्त हुनेछ, तर अहंकारलाई नियन्त्रणमा राख्नुपर्नेछ। पेशागत क्षेत्रमा प्रगति र नयाँ अवसर प्राप्त हुने सम्भावना छ। कुनै नयाँ योजनामा हात हाल्न चाहनुहुन्छ भने, यो समय सही देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ, तर व्यायामलाई नियमित बनाउनुहोस्। कार्यक्षेत्रमा एउटा कार्यसम्पादन गरेर नै अर्को कार्य प्रारम्भ गर्नुहोला। स्वास्थ्यमा खानपानको ध्यान दिनुहोला। यो साताको शुभ रंग रातो र सुन्तला हो भने शुभ अंक ३ र २ रहेको छ। यो हप्ताको शुभफलदायी प्रतिशत ८८% रहेको छ ।
कन्या
तपाईंको योजनाबद्धता र परिश्रमले दीर्घकालीन सफलता प्राप्त गर्न मद्दत गर्नेछ। स्वास्थ्यतर्फ ध्यान दिँदै, खानपानमा सन्तुलन राख्नु महत्त्वपूर्ण हुनेछ। आर्थिक पक्ष मजबुत हुनेछ, तर खर्चको व्यवस्थापनमा ध्यान दिनुहोस्। परिवारसँग समय बिताउँदा सम्बन्धहरू सुदृढ हुनेछन्। कुनै पुरानो समस्या हल हुने समय हो। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र खैरो हो भने शुभ अंक २ र ४ रहेको छ। यो हप्ताको शुभफलदायी प्रतिशत ८४% रेहको छ ।
तुला
संबन्ध सुधार र व्यक्तिगत खुसीका लागि यो हप्ता महत्त्वपूर्ण हुनेछ। पेशागत जीवनमा केही चुनौती आए पनि सकारात्मक दृष्टिकोणले सफलता दिलाउनेछ। पारिवारिक जीवनमा खुसीको माहोल हुनेछ र नयाँ जिम्मेवारी थपिन सक्छ। स्वास्थ्य सामान्य रहनेछ, तर मानसिक शान्तिका लागि ध्यान र योग अभ्यास गर्नुपर्छ। साथीभाइको सहयोगले तपाईंलाई नयाँ उपलब्धि हासिल गर्न प्रेरित गर्नेछ। सदैव भगवान विष्णुलाई तुलसी दल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र सेतो हो भने शुभ अंक २ र ६ रहेको छ। यो हप्ताको शुभफलदायी प्रतिशत ८६% रहेको छ ।
वृश्चिक
पुराना समस्याहरू हल हुने सम्भावना छ, जसले मानसिक शान्ति दिलाउनेछ। कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुने समय हो, तर निर्णय लिँदा सतर्कता अपनाउनुहोस्। पारिवारिक जीवनमा सुधार आउनेछ र नयाँ सम्बन्धको सुरुवात हुन सक्छ। स्वास्थ्य सामान्य रहनेछ, तर तनाव कम गर्न ध्यान दिनुहोस्। आर्थिक पक्षमा लाभ हुने संकेत छ। दुर्गाजीलाई सिन्दुर अर्पित गरेर दिनको सुरुवात गर्नुहोस्। यो साताको शुभ रंग रातो र सुन्तला हो भने शुभ अंक १ र ४ रहेको छ। यो हप्ताको शुभफलदायी प्रतिशत ८२% रहेको छ ।
धनु
यो हप्ता यात्रा, नयाँ अनुभव र सिकाइका लागि अनुकूल समय हो। कार्यक्षेत्रमा परिश्रमले ठूलो उपलब्धि दिलाउनेछ, तर सहकर्मीहरूसँग सामञ्जस्य कायम राख्नुहोस्। व्यक्तिगत जीवनमा सन्तुलन ल्याउन समय दिन आवश्यक छ। स्वास्थ्यतर्फ सुधार हुनेछ, तर नयाँ रचनात्मक कार्यमा समय दिनु लाभदायक हुनेछ। आर्थिक पक्षमा बलियो संकेत देखिन्छ। साता भगवान शालिग्रामलाई तिल अर्पण गरेर दिनको सुरुवात गरौं। यो साताको शुभ रंग पहेलो र सेतो हो भने शुभ अंक २ र ९ रहेको छ। यो हप्ताको शुभफलदायी प्रतिशत ८९% रेहको छ ।
मकर
कार्यक्षेत्रमा लक्ष्य हासिल गर्न र नयाँ अवसर पाउन अनुकूल समय हो। पारिवारिक जीवनमा सल्लाह र सहकार्यले महत्वपूर्ण निर्णयमा सहजीकरण गर्नेछ। स्वास्थ्य सामान्य रहनेछ, तर ध्यान अभ्यास सुरु गर्न उपयुक्त हुनेछ। आर्थिक पक्षमा केही चुनौती आए पनि दीर्घकालीन फाइदाका लागि सतर्कता आवश्यक छ। कुनै नयाँ जिम्मेवारीले तपाईंलाई व्यस्त बनाउनेछ। हनुमानजीको दर्शन गरेर दिनको सुरुवात गर्नुहोला। यो साताको शुभ रंग खैरो र निलो हो भने शुभ अंक ३ र सात रहेको छ। यो हप्ताको शुभफलदायी प्रतिशत ८५% रहेको छ ।
कुम्भ
तपाईंको रचनात्मकता र नयाँ सोचले यो हप्ता महत्वपूर्ण उपलब्धिहरू दिलाउनेछ। साथीभाइ र सहकर्मीहरूसँगको सहकार्यले सफलताको आधार तयार हुनेछ। व्यक्तिगत जीवनमा सन्तुलन कायम गर्न समय निकाल्नु आवश्यक छ। स्वास्थ्य सामान्य रहन्छ, तर खानपानमा ध्यान दिनुहोस्। आर्थिक पक्ष सुधार हुने संकेत छ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग खैरो र हल्का निलो हो भने शुभ अंक ५ र ९ रहेको छ। यो हप्ताको शुभफलदायी प्रतिशत ८७% रहेको छ ।
मीन
तपाईंको कल्पनाशीलता र सृजनात्मक क्षमताले नयाँ अवसरहरू सिर्जना गर्नेछ। पारिवारिक जीवनमा न्यानोपनको अनुभूति हुनेछ, र पुराना समस्या हल हुनेछन्। पेशागत क्षेत्रमा नयाँ जिम्मेवारीले तपाईँलाई व्यस्त बनाउनेछ। स्वास्थ्यतर्फ सजग रहनु आवश्यक छ, खासगरी मानसिक शान्तिका लागि ध्यानलाई समय दिनुहोस्। आर्थिक मामिलामा विवेकपूर्ण निर्णय लिनुहोस्। सदैव भगवान शिवलाई जल अर्पण गरेर दिनको सुरुवात गर्नुहोस्। यो साताको शुभ रंग पहेलो र निलो हो भने शुभ अंक ५ र ६ रहेको छ।यो हप्ताको शुभफलदायी प्रतिशत ८४% रहेको छ ।