Tuesday, June 24, 2025
कृषीम्याग्दीका किसानले यस वर्ष ३३ करोड ४६ लाखको सुन्तला बिक्री गरे

म्याग्दीका किसानले यस वर्ष ३३ करोड ४६ लाखको सुन्तला बिक्री गरे

spot_img

म्याग्दी | यो वर्ष म्याग्दीका किसानहरूका लागि सुन्तलाको फसलले सुनौलो मुस्कान ल्याएको छ। जिल्लाका छवटै स्थानीय तहका किसानले सुन्तलाको उत्पादनमा उल्लेख्य वृद्धि गर्दै करोडौँको आम्दानी गरेका छन्। कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार यस आर्थिक वर्षमा म्याग्दीमा ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भइसकेको छ।

कृषि ज्ञान केन्द्रले क्रप कटिङ विधिबाट अध्ययन गरेअनुसार, यस वर्ष जिल्लामा ४ हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ, जुन गत वर्षको तुलनामा १ हजार १ सय ८१ मेट्रिक टनले बढी हो। गत वर्ष ३ हजार ६ सय मेट्रिक टन सुन्तलाबाट किसानले २४ करोड कमाएका थिए।

म्याग्दीमा ८ सय २० हेक्टर जमिनमा सुन्तलाखेती हुँदै आएको छ, जसमध्ये ४ सय २५ हेक्टर जमिनको बोटले मात्रै फल दिने गर्छ। यस क्षेत्रको सुन्तला उत्पादनमा बेनी नगरपालिका–३ र ४ नम्बर वडाले मात्र ६ करोडभन्दा बढी आम्दानी गरेका छन्। अधिकांश किसानले सुन्तला बोटमै बिक्री गरिसकेका छन्, जसले समय र श्रम दुबै बचत गरेको छ।

अन्नपूर्ण गाउँपालिकाको दोसल्ले गाउँ पनि अहिले सुन्तला टिप्न व्यस्त छ। दोसल्ले व्यावसायिक सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाका अनुसार, गाउँमा उत्पादन भएको सुन्तला व्यापारीहरूले प्रतिकिलो ६० देखि १२० सम्मको मूल्यमा खरिद गरिरहेका छन्।

म्याग्दीको सुन्तला स्थानीय बजारदेखि राजधानी काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढजस्ता प्रमुख बजारसम्म पुग्ने गरेको छ। बेनी नगरपालिकाको मरेक, दोसल्ले, र आसपासका क्षेत्र अहिले सुन्तला टिप्न र निकासी गर्न व्यस्त छन्।

सुन्तला खेतीबाट राम्रो आम्दानी भएपछि किसानहरूको आत्मविश्वास अझ बढेको छ। उत्पादन र आम्दानी दुवै बढ्न थालेपछि किसानहरूले व्यावसायिक रुपमा कृषिलाई प्राथमिकता दिन थालेका छन्।

म्याग्दीको पहाडी भेगमा सुन्तला खेतीले किसानको जीवन बदलिरहेको छ। उत्पादन र बजार व्यवस्थापनमा देखिएको सुधारले कृषिलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा लैजाने विश्वास दिलाएको छ। यो वर्षको सुन्तलाको उत्पादन र आम्दानीले म्याग्दीका किसानलाई मात्र होइन, जिल्लालाई पनि एक सफल कृषिगत क्षेत्रको रूपमा उभ्याउने मार्ग तय गरेको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img