Thursday, July 17, 2025
समाजरूकुम पश्चिममा प्रेम विवाहका लागि भागेका युवक-युवती मृत फेला

रूकुम पश्चिममा प्रेम विवाहका लागि भागेका युवक-युवती मृत फेला

spot_img

रुकुम पश्चिम | प्रेम विवाहको सपना देखेका दुई युवा-युवतीको यात्रा दुखद अन्त्यमा पुग्यो। त्रिवेणी गाउँपालिका-४, खुम्चेरी गाउँका १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षीया सपना पुन मगर आफ्ना परिवारका विरोधलाई चिर्दै चार दिनअघि विवाहका लागि घरबाट भागेका थिए। तर, शनिबार बिहान उनीहरू लोकेन्द्रकै अस्थायी टहरामा मृत अवस्थामा फेला परे।

सपना र लोकेन्द्रको प्रेम सम्बन्ध गाउँभर चर्चा भएको थियो। परिवार र समाजको दबाबबीच पनि उनीहरूले आफ्नो सम्बन्ध जोगाउन संघर्ष गरिरहेका थिए। अन्ततः विवाह गर्ने अठोट लिएर उनीहरू चार दिनअघि भागे। तर, उनीहरूको सपना अधुरै रह्यो।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकका अनुसार, घटना हुँदा लोकेन्द्रका आमा-बुवा घरमा थिएनन्। उनकी आमा बिरामी भएर उपचारका लागि नेपालगञ्ज गएका बेला उनीहरू टहरामा मृत फेला परेका हुन्।

प्रहरीले घटना आत्महत्या हुनसक्ने आशंका गरेको छ। लोकेन्द्र र सपनाको मृत शरीरमा देखिने कुनै गम्भीर चोटपटकका संकेत फेला नपरेको प्रहरीले जनाएको छ। परिवार र स्थानीय बासिन्दाको बयानपछि मात्र घटनाको वास्तविकता खुल्न सक्नेछ।

प्रहरीले मृतकका आमा-बुवालाई खबर गरी कानुनी प्रक्रिया सुरु गरिसकेको छ। स्थानीय बासिन्दाको भनाइ र घटनास्थलको प्रारम्भिक परीक्षणले यो घटना आत्महत्या वा अन्य कारणबाट भएको हुन सक्ने अनुमान लगाइएको छ। तर, ठोस तथ्य पत्ता लगाउन प्रहरी अनुसन्धान जारी छ।

लोकेन्द्र र सपनाको प्रेमले समाजको विरोध झेलेर पनि आफ्नो बाटो कोर्ने प्रयास गर्यो। यो घटना केवल दुःखद प्रेमकथा मात्र नभएर समाजको संरचना र सोचमाथि पनि प्रश्न खडा गर्ने कथा बन्यो।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img