अन्तर्राष्ट्रियउच्च चिसाे र शीतलहरका कारण २२ जनाको ज्यान गयो

उच्च चिसाे र शीतलहरका कारण २२ जनाको ज्यान गयो

spot_img

एजेन्सी- भारतको उत्तर प्रदेशमा अत्यधिक चिसो र शीतलहरका कारण नागरिकमा हृदयाघातको समस्या देखिएको छ । कानपुरमा एकै दिन हृदयाघातका कारण कम्तीमा २२ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेहरू सबै उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिममा पर्ने कानपुरका बासिन्दा हुन्। लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड कार्डियक सर्जरी, कानपुरले जारी गरेको पछिल्लो जानकारी अनुसार बिहीबार अस्पतालको आकस्मिक तथा बहिरंग रोग विभाग (ओपीडी)मा ७२३ जना मुटुका बिरामी आएका थिए। तीमध्ये ७ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो भने १५ जनाको अस्पताल पुग्ने वित्तिकै मृत घोषणा गरिएको थियो ।

कानपुरमा फैलिएको शीतलहरका कारण अचानक रक्तचाप बढेको र हृदयघात भएको अस्पतालका चिकित्सकले बताएका छन् । अस्पतालका निर्देशक विनय कृष्णले कानपुरमा चिसोको लहर चलेको र मुटु रोगका बिरामीको संख्या बढेको बताए ।

स्वास्थ्य विज्ञहरूले पनि सबैलाई न्यानो रहन र घर भित्रै बस्न सल्लाह दिएका छन्। भारतका उत्तरी राज्यहरूमा पछिल्ला केही दिनयता तापक्रम निकै घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img