सुनसरी / इटहरी उपमहानगरपालिकाकाले पुस मसान्तसम्म कर तिर्ने करदातालाई विशेष छुट दिने भएको छ ।
एकीकृत सम्पती कर, बहाल कर, ब्यबसाय कर तिरेमा १० प्रतिशत छुट हुने भएको छ । बजेट भाषणमा गरेको बाचा अनुसार सहुलियत करहरू पुस मसान्तसम्म बुझाइसक्न इटहरी नगरबासीहरूलाई उपमहानगरको आग्रह छ ।
अघिल्लो वर्ष नतिरेकालाई जरिवाना छुट गरिने भएको छ । पुस महिनाभित्र यो वर्षको कर तिरे उपमहानगरले २०७५ साल अगाडिको बहाल कर पूर्ण रूपमा छुट हुने इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाबाट संकलन हुने राजस्व प्रणालीलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन राजस्व संकलन चुस्त बनाउन मेयर हेमकर्ण पौडेलले कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् ।