एजेन्सी – भारतमा एक पत्रकारको ह’त्या भएको छ । बिहारमा भ्रष्टाचार र अनियमितताविरुद्ध समाचार संकलन गर्दै आएका स्थानीय पत्रकार बुद्धिनाथ झाको ह’त्या भएको हो । २२ वर्षीय झाको अपहरणपछि ह’त्या भएको हो ।
झाको श’व आधा जलेको अवस्थामा शनिबार एउटा सडकमा फेला परेको थियो । ह’त्यामा संलग्न रहेको आशंका केही व्यक्ति पक्राउ परेका छन् । झालाई अज्ञात समूहले १२ नोभेम्बरमा अप’रहण गरको थियो ।
समाचार संकलनका क्रममा उनलाई विभिन्न पक्षले धम्की दिने गरेका मृ’तकका भाइले बताएका छन् । समाचार नछाप्न दबाब दिँदै एउटा समूहले दिएको ‘घुस’ उनले अस्विकार गरेका थिए । अस्पताल सञ्चालकको योजनामा उनको ह’त्या भएकोे पीडित परिवारको दाबी छ ।



