Thursday, July 17, 2025
अन्तर्राष्ट्रियचामलको मूल्य जापानमा चार गुणा वृद्धि, तर भोलीदेखि सस्तो चामल पाइने

चामलको मूल्य जापानमा चार गुणा वृद्धि, तर भोलीदेखि सस्तो चामल पाइने

spot_img

टोकियो | जापानमा एक वर्षको अवधिमा चामलको मूल्यमा चार गुणासम्मको वृद्धि भएको छ। तर उपभोक्तालाई केही राहत दिने उद्देश्यले सरकारले आपतकालीन रूपमा चामलको भण्डारण रिलिज गर्ने निर्णय गरेसँगै भोलीदेखि केही स्टोरहरूमा चामल सस्तो मूल्यमा पाइने भएको छ।

पछिल्लो एक वर्षमा जापानमा चामलको मूल्य आकस्मिक रूपमा बढेर ५ किलोग्रामको प्याक ४,३०० येनदेखि ४,६०० येनसम्ममा बिक्री हुन थालिएको छ। सन् २०२३ को अत्यधिक गर्मी र मौसम सम्बन्धी समस्याले चामल उत्पादन घटेको, आपूर्ति अवरुद्ध भएको, र पर्यटकको माग बढेको कारण मूल्य वृद्धिको प्रमुख कारण बनेको हो।

- Advertisement -

जापानी कृषि मन्त्रालयले हालै मात्र २ लाख १० हजार टन सरकारी संचित चामल बजारमा पठाउने निर्णय गरेको छ। यस अन्तर्गत जुन ८ तारिख (भोली)देखि प्रमुख खुद्रा स्टोरहरूमा(जस्तै ‘Aeon, Ito-Yokado लगायत) सीमित परिमाणमा सस्तो चामल उपलब्ध हुने बताइएको छ।

सरकारी योजना अनुसार, ५ किलोग्रामको प्याक २,००० येनमा उपलब्ध गराइनेछ। तर, प्रति परिवार एउटा प्याक मात्र खरिद गर्न पाइनेछ।

सरकारले दक्षिण कोरियाबाट पनि सस्तो चामल आयात गर्न सुरु गरिसकेको छ। जापानमा रहेका नेपालीहरूका लागि यो राहतको समाचार हो। लामो समयदेखि महँगो चामलको मार खेपिरहेका प्रवासी नेपालीहरूले अब सरकारी स्टोरमार्फत सस्तो चामल प्राप्त गर्न सक्नेछन्। यद्यपि, स्टक सीमित हुने भएकाले सबैले लाभ लिनका लागि समयमै जानकारी लिएर खरिद गर्नु उपयुक्त हुनेछ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img