Saturday, July 19, 2025
समाजभारतबाट फर्किने नेपालीमा कोरोना संक्रमण देखिन थाल्यो

भारतबाट फर्किने नेपालीमा कोरोना संक्रमण देखिन थाल्यो

spot_img

धनगढी | भारतमा फेरि कोरोना फैलिन थालेपछि त्यसको असर नेपालमा पनि देखिन थालेको छ। पछिल्ला दिनमा भारतबाट फर्किने नेपालीहरूमध्ये केहीमा संक्रमण पुष्टि भइरहेको छ। तर, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका नाकामा परीक्षणको व्यवस्था कमजोर छ, कारण– एन्टिजेन परीक्षण किटको चरम अभाव।

धनगढीस्थित त्रिनगर नाकामा गरिएको सीमित परीक्षणमा तीन दिनमै ९ जनामा कोरोना देखिएको छ। शुक्रबार मात्र गुजरातबाट फर्किएका कैलाली र अछामका पाँच महिलामा संक्रमण पुष्टि भएको थियो। तर, परीक्षण किट पर्याप्त नभएकाले अधिकांश व्यक्तिमा परीक्षण नै हुन सकेको छैन।

- Advertisement -

सुदूरपश्चिम प्रदेशका गड्डाचौकी, झुलाघाट (बैतडी), पुलघाट र जोलाजिमी (दार्चुला), र खक्रौला (टीकापुर) नाकामा परीक्षण नै सुरु हुन सकेको छैन। यीमध्ये कतिपय नाकामा हेल्थ डेस्क त छन्, तर किट छैन। त्रिनगर र गड्डाचौकी मात्र सक्रिय छन्, त्यो पनि सीमित किटकै भरमा।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार अहिले २०० वटा किट मात्र उपलब्ध छन्, जुन पर्याप्त छैन। स्वास्थ्य कार्यालय कञ्चनपुरले डेढ सय किट आफैं किन्ने तयारी गरे पनि त्यो अल्पकालीन समाधान मात्र हो।

नेपालगन्जको जमुनाहा नाका लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट भारत आउजाउ गर्ने मुख्य नाका हो। यहाँ दैनिक तीन–चार हजार मानिस आउजाउ गर्छन्। तर, हेल्थ डेस्क भए पनि एन्टिजेन किट नहुँदा परीक्षण नै हुन सकेको छैन। स्वास्थ्यकर्मीहरू फुर्सदिला छन् तर हातमा किट छैन। हेल्थ डेस्क इन्चार्ज सुनिता मौर्यका अनुसार परीक्षण भएकै भए संक्रमित पत्ता लाग्ने थिए।

कोरोनाको जोखिम एकपटक फेरि सीमा हुँदै देशभित्र पस्न थालेको छ, तर संघीय सरकार र प्रदेश सरकारले परीक्षण किट आपूर्ति गर्न असफल भएको स्थिति देखिन्छ। लुम्बिनी स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीका अनुसार मन्त्रालयमै किट छैन, र संघसँग माग गर्न लागिएको छ।

भारतबाट फर्किने नेपालीहरूमध्ये संक्रमण फैलिँदै गएको प्रमाणित भइरहँदा नाकाहरूमा परीक्षण गर्नै नसक्ने अवस्था चिन्ताजनक छ। यदि तत्काल एन्टिजेन किटको आपूर्ति नबढाइए संक्रमण देशभर फैलिन बेर छैन।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img