अन्तर्राष्ट्रियबेलायतमा कोभिडका कारण पाँच महिनाभित्र ७५ हजारको मृ´त्यु हुन्छः वैज्ञानिक

बेलायतमा कोभिडका कारण पाँच महिनाभित्र ७५ हजारको मृ´त्यु हुन्छः वैज्ञानिक


कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टाभन्दा बढी फैलिएको र त्यसबाट ठूलो मानवीय क्षेति हुने बेलायतका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । 

बेलायतमा पछिल्लो समयमा तीव्र संक्रमण बढेको र यही अवस्था रहेमा आगामी पाँच महिनाभित्र ७५ हजार मानिसको मृत्यु हुन सक्ने लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसियनका वैज्ञानिकले चेतावनी दिएका छन् ।

पछिल्लो २४ घन्टामा बेलायतमा एकै दिन ५८ हजार ५ सय संक्रमित भेटिएका छन् । यो संक्रमण दर जनवरी पछिकै ठूलो हो । संक्रमितमध्ये कति जनलाई ओमिक्रोन देखिएको छ भन्ने बारेमा केही खुलाइएको छैन् ।

वैज्ञानिकहरुका अनुसार अप्रिलको अन्त्यसम्ममा करिव पाँच लाख बेलायती कोभिडजन्य समस्याका कारण अस्पताल भर्ना हुनुपर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img