विविधजापानमा बस्ने नेपालीको खातामा एक करोड येन आएपछि...

जापानमा बस्ने नेपालीको खातामा एक करोड येन आएपछि…

एजेन्सी । जापानको मिएई प्रिफेक्चरमा बस्ने एक नेपालीको खातामा १ करोड येन आएको छ ।

गोर्खा घर भइ अहिले मिएईमा बस्दै आएका २९ वर्षिय कृष्ण रेग्मीको खातामा रकम जम्मा भएको भन्दै सोमवार बिहान मोबाइलमा अलर्ट आयो । मेल खोलेर हेर्दा खातामा पैसा जम्मा भएको सन्देश थियो ।

सन्देशमा कारोबारबारे सबै जानकारी थिएनन् । त्यसपछि उनले मोबाइलबाटै बैंक खाता हेरे । खाता चेक गर्दा सन्देशमा भने झैं १ करोड येन जम्मा भएको थियो । उनलाई सो रकम एउटा विद्यालयको खाताबाट आएको थियो । बैंक खुल्ने बित्तिकै उनले यसबारे बैंकलाई जानकारी गराए ।

अहिले उनको खातामा जम्मा भएको रकम फिर्ता गर्ने प्रक्रिया चलिरहेको छ । बैंकले रकम फिर्ताका लागि मागेका सबै कागजपत्रहरु तयार पारेर रेग्मीले पठाइसकेका छन् । केही दिनमै जुन खाताबाट पैसा आएको हो सोही खातामा फिर्ता जान्छ । यसरी झुक्किएर आएको पैसा जानी जानी खर्चदा विविध कानूनी झमेला भोग्नु पर्छ ।

कहिले रोजगार दाताले एक महिनाको तलब दिनु पर्ने ठाउँमा २४/२५ वर्षको तलब एकै पटकमा पठाएको त कतै ७० डलर फिर्ता गर्न खोज्दा रकमको स्थानमा खाता नम्बर राख्दा ७ करोड डलर गएको खबरहरु पनि केही समय अघि सार्वजनिक भएका थिए ।

जापानको एउटा शहरले शहरभरका न्यून आए भएका घरपरिवारलाई दिन ठिक पारेको रकम एउटै व्यक्तिको खातामा जाँदा सो रकम फिर्ता गराउन नगर सरकारलाई ठूलै सकस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img