मकवानपुर । भदौ २२ गते मकवानपुर सहित ३ जिल्लामा सार्वजनिक विदा हुने भएको छ ।
चेपाङ समुदायको प्रमुख पर्व न्वागीको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सरकारले भदौ २२ गते बागमती प्रदेशको मकवानपुर सहित चितवन र धादिङ जिल्लामा पनि सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । सरकारको गत चैत्र ९ गतेको निर्णय अनुसार न्वागीको अवसरमा विदा दिइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।




