आमा तपाईंलाई जन्म दिनको सहस्र शुभकामना । तपाईं भएकैले म छु । तपाईंले मलाई प्रेमको वर्षा गराएकैले म जिवित छु ।
म जति नै अहंकारले उचालिए पनि आखिर म तपाईंको एक अंशभन्दा बढ्ता केही पनि हैन । हामी सबैको अहंकारी शीर झुक्ने एउटै ठाउँ भनेको आमाको चरण मात्र हो । आमा भएकैले सन्तान र संसार छ । तपाईंको एक योग्य सन्तान बनेर यस देश र यहाँका मानिसको लागि केही गरेरै मर्ने हुटहुटी छ ।
यस देशका सबै आमाहरुको अनुहारमा खुसी ल्याउने चाहना छ मलाई आशीर्वाद पनि दिनुस् । हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना ।
“आमा”
उनले मलाई सास दिन, अंगालोमा बास दिन
उज्यालोको आश दिन, मलाई जीवनदान दिन
नौ महिना कोखमा राखी, जिन्दगीभरलाई साथ दिन ||
घामको राप आफू लिई, शितल छायाँ मलाई दिईन
भोको पेट आफू बसी, गास मेरा भरिदिन्थिन
आफ्ना पीडा घाममा सुकाई, मलाई मुस्कान छरिदिन्छिन ||
मलाई याद छ, मेरो जीतमा हाँसी दिन्छिन
म मात्र सास फेर्नुपर्छ, जीन्दगी उनले बाचिदिन्छिन
म आभारी छु, तिम्रो मायाको प्रार्थना छ, भगवान तिम्रो दाया हुन
भावना तिम्रा अमर छन्, अनि तिमी भावना भन्दा गाढा छौँ ||
मेरा कमजोरी, मेरा डर तिमीले यतिकै भगाई दिदा
म तिम्रो प्राण हो भनी तिम्रा निर्दोष मुस्कानले मलाई छहारी दिदा
कति उज्यालो हुन्छ उनको मुहार मैले आमा भनी बोलाई दिदा ||
सक्ने भए, तारा हैन तिम्रो लागि जून झारीदिन्थे
सुमुन्द्र तिम्रो अगाडि सानो, म पवित्र नदी बनी बगिदिन्थे
तिम्रो नाउँमा हरियाली बसन्त रीतु पठाईदिन्थे
खुसियालीका राको सल्काइदिन्थे
तिम्रो निम्ति संसार बनिदिन्थे ||
जन्मदिनको धेरै धेरै शुभकामना प्यारी आमा