सुनसरी / झापामा भतिज र भाउजूलाई अन्धाधुन्ध धारिलो हतियार प्रहार गरी एक व्यक्ति फरार भएका छन् ।
झापा गाउँपालिका- १ लसुनाका दुखिया राजवंशीले ४० वर्षीया भाउजू सिमसरी राजवंशी र १४ वर्षीय भतिज धनञ्जय राजवंशीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको स्थानीय प्रल्हादकुमार राजवंशीले बताए ।
गत मंगलबारको भएको सिमसरीलाई हतियार प्रहार गरेको देखेका धनञ्जयलाई पनि आवेगमा आएर दुखियाले धारिलो हतियार प्रहार गरेका थिए । घटना लगत्तैदेखि दुखिया फरार छन्।
घाइते सिमसरीको विर्तासिटी हस्पिटल बिर्तामोडको आइसीयू र धनञ्जयको बिर्तामोडकै बिएण्डसी अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको प्रल्हादकुमार राजवंशीले बताए । दुखियाको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल सीमावर्ती क्षेत्र भएकाले दुखिया भारत भागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटनाको कारण अझै खुल्न सकेको छैन ।