Sunday, January 19, 2025

‘पाप’

  • अर्जुन दाहाल

यहाँ धर्तीको पुजा गरिन्छ
तर धर्तीलाई नकुल्ची पाइला चाल्न सकिँदैन
यहाँ मुर्तिलाइ पुजा गरिन्छ,
तर मुर्तिलाई पनि कुल्चिएरै तयार पारिन्छ
अनि फुकिन्छ बिगुल घर्मको ।
एक दिन एउटा जोगिले
मुर्तिमा आफ्नो पसिनाको पानी चढायो
अनि आफ्नो मुखको थुक चढायो
उसले इश्वरलाई प्रश्न गर्यो,
“जुठो बयार चढाउन म सावरी होइन,
त्यसैले मैले मेरो शरिरको थुक चढाँए,

गङ्गा जलमा पाइला परेको हुन्छ
त्यसैले मैले मेरो पसिना चढाँए
एकै शरिरमा पाप र पुन्य राखेर किन सृष्टि गर्यौ हे ईश्वर ?”
तब ईश्वरले हाँसेर भने
“मुर्ख बालक !
आत्मा त केवल नाम हो,
तेरो शरिरनै हो पवित्र
जसले कर्म गरेर
स्वयं पाप र पुन्यको फैसला गर्दछ
पापमा पावित्रता हुँदैन
धर्ममा हरेक बस्तु चोखो हुन्छ”

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img