Sunday, January 19, 2025
साहित्यआज तिमीलाई म सपनिमा भन्ने छु कि म तिमीलाई कति प्रेम गर्छु...

आज तिमीलाई म सपनिमा भन्ने छु कि म तिमीलाई कति प्रेम गर्छु भनेर

  • माधब भुसाल( साने)

देखे जब तिमीलाई प्रेम नगरि बस्न मनले मान्दै मानेन ।
प्रेम छ मलाई तिमिसङ भन्न यो मनले जान्दै जानेन ।

मन भित्र लुकाएर राखे सबै प्रेमका कुरा ।
एकोहोरो प्रेमि बाहेक मनले केहि ठानेन ।

आउछेउ तिमि सपनिमा जहिले ,त्यसपछि तिम्रो मुहार न हेरि बस्न मनले मान्दै मानेन ।
धाईरहे ति तिमि हिडने प्रेमिल गल्लीहरु तिम्रै लागि आएको हु भन्न सकिन ।

म हरेक रात सपनिमा तिमीलाई नै कुरिरहेको हुन्छु ।
जब आउछेउ तिमि सपनिमा अनि एककासि म सपनाबाट हराउछु ।

म आफ्नै बिम्ब देखिनु पर्ने ऎनामा पनि तिमिलाई नै खोजिरहन्छु।
म कतै एकान्तमा बसेर हम्रै प्रेमको बरेमा कबिता सोचिरहन्छु ।

हेर म तिमीलाई तिम्रै सामुन्ने उभिएर त प्रेमको ईजहार गर्न न सकुला
म हरेक साँझ बिहान आफुले आफुसङै तिमिलाई प्रेम प्रस्ताव गरि रहन्छु

म हरेक रात तिम्रै ईस्पर्समा हरायर तिमिलाई चुम्बन गरि रहन्छु ।
कहिले काहि सोचिछु साच्चै बिहान उठदा तिम्रो गालामा तिमि चिसो आनुभब गर्छेउकि गर्दिनेउ होला ।

मलाई लाग्दैन कि प्रेमका भाब र अनुभुति गर्न प्रेम दुइतर्फि नै हुनुपर्छ।
म एकोहोरो प्रेममा पनि तिम्रै मात्र भयको भान गर्छु ।

म तिमीलाई प्रेम गर्छु भनेर त भन्न सायदै कैले सकुला ।
तिमीलाई छिनछिनमा लाग्ने बाडुल्किले लागदैन कि ,कोहि तिमीलाई प्रेमको भाबले केहि भन्न चाहिरहेको छ ।

निकै बर्ष भयो यो प्रेमिल चिट्ठी तिमीलाई देउ भनि लेखेको
हेर आज सपनिमा म तिमिसङ हाम्रो प्रेमको सबै कुरा बनाउन चाहान्छु
बस तिमि भोलि पख उठदा सपनिका सबै कुरा सम्झनु अनि
भनि दिनु मलाई अब तिम्रो प्रेम एकतर्फि रहेन
म तिम्रो एकोहोरो गोरेटोमा गाँसिन संगै जिन्दगिको यात्रामा निस्किन र सदै तिम्रै हुन
म तिमीहलाई कुरिरहेकि छु ।

  • माधब भुसाल अर्घाखाँचीको बागिमा घर भई हाल बुटवलमा कोरिएन भाषा अध्यनरत बिद्यार्थी हुन ।

 

 

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img