Saturday, September 7, 2024
साहित्यप्रजातन्त्र
spot_img

प्रजातन्त्र

  • छन्द- भुजङ्गप्रयात
  • शीर्षक =प्रजातन्त्र

ठुलाे कष्टले वीरका भावनामा
प्रजातन्त्र जन्म्याे गरा आँगनीमा
नबढ्दै यहाँ जान लाग्दै छ खेर
छ चल्लो बचाऔँ सबैले मिलेर !!१!!

प्रजातन्त्र पाले तँ भन्दा म जान्ने
हुँदै लक्ष्य राखे सदा भेद हान्ने
निमाेठ्ने यहाँ खेल चल्दैछ धेर
छ चल्लो बचाऔँ सबैले मिलेर!!२!!

प्रजातन्त्रकाे रूप याे कन्दरामा
थुनेझैँ छ हेर्दा सदा पिञ्जरामा
रुँदै तड्पिएकाे बिलाैना गरेर
छ चल्लो बचाँऔँ सबैले मिलेर!!३!!

भए आज धेरै प्रजातन्त्र वैद्य
जपे मन्त्रमाला सबैले अवैध
भयाे खेल याे टाेकरीभित्र हेर
छ चल्लो बचाऔँ सबैले मिलेर!!४!!

-Google Ads-

प्रजातन्त्र हाम्रो धराकाे निसानी
मुना मञ्जरीमा रहाेस् याे सिरानी
उदाओस् गरामा सुनाैलाे बिहानी
नहून् त्रासका रासमा छन् शिवानी!!५!!

प्रजातन्त्र याे वैद्यका जालभित्र
हुँदा गुम्न लाग्यो गराकाे सचित्र
उठाैँ सत्यकाे मन्त्रमाला लिएर
छ चल्लो बचाऊँ सबैले मिलेर!!६!!

 

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img