Sunday, September 15, 2024
समाजदुई छोरासहित नहरमा हाम फालेकी महिलाको शव भेटियो

दुई छोरासहित नहरमा हाम फालेकी महिलाको शव भेटियो

बुटवल । पश्चिम नवलपरासीको गण्डक नहरमा दुई बच्चासहित हाम फालेकी महिलाको शव भेटिएको छ ।

नहरमा हाम फालेको स्थान भन्दा एकसय मिटर तल दुवै छोरालाई सलले बाँधेको अवस्थामा तीनैजना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

आज दिउँसो २ बजेतिर सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतीमा थारूले ९ वर्षीय छोरा क्रिस र ७ वर्षीय सुमितलाई काखमा लिएर हाम फालेकी थिइन् । उनको जनपथ र सशस्त्र प्रहरीको टोलीले खोजी गरी मृत अवस्थामा फेला पारेको हो ।

ती महिलाको मानसिक सन्तुलन सामान्य नरहेको प्रहरीले जनाएको छ । उनका श्रीमान् वैदेशिक रोजगारमा छन् । उनी दुई छोरा र सासुसँग बस्दै आएकी थिइन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img