रौतहट – बिदाको दिन चलाएको भन्दै सर्लाहीमा एउटा स्कुल बसमा आक्रमण भएको छ।
सर्लाहीको हरिवन नगरपालिका ४ सासापुरस्थित गणेश चोकमा मंगलबार एक स्कुल बसमा आक्रमण भएको हो।
लालबन्दी नगरपालिका एक नवलपुरमा रहेको पिस जोन अङ्ग्रेजी आवासीय विद्यालयको ना १ क ८८३४ नम्बरको बसमा मंगलवार आक्रमण भएको हो। सरकारले दिएको सार्वजनिक बिदालाई अटेर गरी विद्यालय र स्कुल बस संचालन गरेको भन्दै जनजाति युवा महासंघ सर्लाहीका कार्यकर्ताले स्कुल बसमा ढुङ्गा प्रहार गरेको बताइएको छ।
ढुङ्गा प्रहारबाट स्कुल बसका सिसाहरु फुटेर सामान्य क्षति भएको छ। प्रहरीले स्कुल बस तोडफोडमा संलग्नको खोजी भइरहेको जनाएको छ।
सरकारले मंगलवार शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिएको भएता पनि रौतहट, सर्लाही लगायतका जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश संस्थागत विद्यालयहरू संचालनमा आएका थिए।