Sunday, February 16, 2025
देशकोशी प्रदेशविर्तामोडमा आत्मदह प्रयास गर्ने चौधरीको पाखुरामा दुर्गा प्रसाईको टाटु

विर्तामोडमा आत्मदह प्रयास गर्ने चौधरीको पाखुरामा दुर्गा प्रसाईको टाटु

सुनसरी / झापाको विर्तामोडको मुक्तिचोकमा शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्ने विजय चौधरी दुर्गा प्रसाईको हस्पिटलका पुर्व सवारी चालक रहेको खुलेको छ । उनले आफ्नो पाखुरामा समेत प्रसाईको ट्याटु हानेका छन ।

चौधरीले परिवारमा समस्या देखाएका हुन् । बिर्तामोड- ७ निवासी चौधरीले आज ४ः३० बजे आत्मदहको प्रयास गरेका थिए । उनलाई पैदलयात्रीहरुले तत्कालै बचाएका थिए ।

बिर्तामोड ७ निवासी चौधरी यसअघि प्रसाईको बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे । उनी दुर्गा प्रसाईको सहयोगीको रुपमा रहेका बुझिएको छ । केही महिनादेखि उनी बेरोजगार थिए । तत्काल प्रहरी र स्थानीयले आगो निभाए उनलाई बीएण्डसी हस्पिटल अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यलय विर्तामोडले जनाएको छ ।

३४ वर्षीय चौधरीको शरिरको ढाडमा १५ प्रतिशत जलेको छ । चौधरी बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका ठुलो फ्यान हुन् । उनले आफ्नो पाखुरामा प्रसाईको टाटु नै बनाएका छन् ।

विएण्डसीका पूर्व सवारी चालक समेत रहेका चौधरीले अहिले धेरै कुरा गर्न नसक्ने प्रतिक्रिया दिएका छन् । थप विवरण बुझ्न बाकि रहेको प्रहरीले जनाएका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

फागुन ४ गते आइतबारको भाग्यफल

spot_img