Thursday, January 23, 2025
साहित्यपर्यावरण

पर्यावरण

छन्द =शिखरिणी
उनासी अस्तायाे कठिन पल झेल्दै कहरले
असी आयाे धर्ती अनुगमन गर्दै रहरले
छ आशा ल्याएकाे दिनकर नयाँ आगमनले
खुसी हुन्छाैँ प्राणी मधुरतम पर्यावरणले!!१!

असीकाे गर्दै छाैँ सकल जनले आदर ठुलाे
बढाराेस् धर्तीकाे सहजसितले कल्मष धुलाे
उषा आए जस्तो अनुभव समालाेस् मुलुकले
खुसी हुन्छाैँ प्राणी मधुरतम पर्यावरणले!!२!!

नदी नाला हाम्रा अझ सहजले निर्मल बनून्
नियाल्दै अग्लेका हिमगिरि कतै आज नझुकून्
थपाेस् ऊर्जा हाम्राे मुलुकबिच राम्रो सुमनले
खुसी हुन्छाैँ प्राणी मधुरतम पर्यावरणले!!३!!

नुहेका छन् डाली ढकमम फुलून् बागवनमा
सँगैमा छन् माली पर पर नहून् वादसँगमा
गराेस् याे धर्तीकाे कदर जहिल्यै विश्वभरले
खुसी हुन्छाैँ प्राणी मधुरतम पर्यावरणले!!४!!

हजाराैँ व्यापारी सहरबिचका अर्थ ढुकुटी
किसानी पेसाका कठिनपनका ज्यान सुकुटी
नहून् टाढा काेही पहुँचसम हाेस् अर्थ बलले
खुसी हुन्छाैँ प्राणी मधुरतम पर्यावरणले!!५!!

 

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img