देश त मनहुनेहरूको हो स- साना धन मनहरूमा देश कतै हराउन सक्छ,किनकि धनभित्र मन हुन्न ।
देश महलमा अटाउँदैन ठुलो महलको मन हुदैन
र त देश त्यहाँ चौप्टिन्छ । खुम्चिन्छ र बेसरी
कुच्चिन्छ बरू सानो छातीमा फिँजारिएर बस्छ निर्धक्क ।
देश खोज्न मन खोज्नुपर्छ मन शहर बजारमा मुस्किलले भेटिन्छ । देश राजधानीमा किमार्थ भेटिदैन किनकि यहाँ थुप्रै महलहरू छन् । देश रोपेर निस्किएका भुइँचालोले सोत्तर पार्नु पर्ने देश नधढ्किने अवैध महलहरू ।
देश खोज्न गाउँ फर्कनुपर्छ भोकले पटुकी
कसीएका झिना शरीरमा देश छाम्नुपर्छ
आधा अएका वा पुरै भोकाएका कमजोर गाउँले जिउमा पढ्नुपर्छ ।
घामपानी बाहिर नतर्किने पराले झुपडी हुन
अनि पवित्र मन हुन जहाँ देश धड्कि रहेको छ ।