Thursday, May 15, 2025
देशबागमती प्रदेशदिपक बहादुर सिंहले गरे हेटौँडा अस्पतालको अनुगमन
spot_img

दिपक बहादुर सिंहले गरे हेटौँडा अस्पतालको अनुगमन

spot_img

मकवानपुर : नव निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राप्रपा केन्द्रिय सदस्य दिपक बहादुर सिंहले हेटौँडा अस्पतालको अनुगमन गरेका छन् ।

मंसिर ४ मा सम्पन्न निर्वाचनबाट विजयी उमेद्वारहरुको लागी निर्वाचन कार्यलयले राखेको प्रमाणपत्र बितरण कार्यक्रम सकिए लगत्तै मकवानपुर निर्वाचन क्षेत्र न १ बाट विजयी दिपक बहादुर सिंह हेटौँडा अस्पताल पुगेका हुन् ।

हेटौँडा अस्पताल अनुगमन गर्दै सिंहले अस्पतालको बिकास नै आफ्नो पहिलो प्रथामिकता रहेको बताए ।

बागमती प्रदेशको राजधानीमा रहेको अस्पताल अझै पनि स्तरउन्नती नभएको देख्दा र उपचारका लागी जनताले दुख पाएको देख्दा आफुलाइ निकै दुख लागेको सिंहले बताए ।

“अस्पतालको स्तरउन्नतिको लागि आफ्नो कार्यकालभरी म निरन्तर लाग्ने बाचा गर्दछु” सिंहले भने । अस्पतालका लागि आवश्यक बजेट सरकारसङ्ग माग गर्ने पनि उनले बताए ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img