हेटौडा – मकवानपुरमा माघ महिनामा २ हजार ७ सय १९ जनाले रास्ट्रिय परिचय पत्र नम्बर प्राप्त गरका छन् ।
एक हजार चार सय २७ जना महिला र एक हजार ३ सय ७२ जना पुरुषले परिचय पत्र नम्बर प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयले मकवानपुरका राष्ट्रिय परिचयपत्र शाखाका कम्प्यूटर अपरेटर सगुन पुडासैनी जानकारी दिए ।
उनका अनुसार परिचय पत्र नम्बर हराएर कार्यालय आउनेको शख्या बढेको छ । माघ २९ गते देखी रास्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागले कल सेन्टर सेवा उपलब्ध गराएको र कल सेन्टर मार्फत समस्या वा गुनासो राख्न सक्ने र सम्पर्क बाटै बिभिन्न सेवा तत्काल उपलब्ध हुने उनले जानकारी दिए ।
फागुन महिनाको २२ गते सम्म २ हजार ५३ जनाले परिचय पत्र नम्बर लिएको उनले बताए ।
- १ हजार ८ सय ६१ जनाले लिए राहदानी
मकवानपुर बाट माघ महिनामा राहदानी प्राप्त गर्नेको संख्या १ हजार ८ सय ६१ रहेको जिल्ला प्रशासन कार्यालयको राहदानी शाखाका नायक शुवा गणेश नेपालीले जानकारी दिए । माघ महिनामा ९ सय ११ महिला , ९ सय ३२ पुरुष र १६ जना बालकले राहदानी लिएको नेपालीले बताए । उनका अनुसार पछिल्लो समय राहदानी लिनेको भिड लाग्ने गरेको छ ।
- नागरिकता लिनेको संख्या १ हजार २ सय ६२
मकवानपुरमा माघ महिनामा नागरिकता लिनेको संख्या १ हजार २ सय ६२ जना रहेका छन् । सूचना प्रविधि शाखाका कम्प्यूटर अपरेटर अमित कुमार कर्णका अनुसार माघ महिनामा ५ सय ९९ जना पुरुष र ६ सय ६२ जना महिलाले नागरिकता लिएका हुन् त्यस्तै एक जनाले बैबाहिक अंगिकृत नागरिकता प्राप्त गरेका छन् ।