Tuesday, July 8, 2025
देशबागमती प्रदेशअबको एजेन्डा विकास, सुशासन र युवाको भरोसा - प्रदेश प्रमुख देवकोटा

अबको एजेन्डा विकास, सुशासन र युवाको भरोसा – प्रदेश प्रमुख देवकोटा

गणतन्त्र दिवसमा प्रदेश प्रमुख देवकोटाको सन्देश

spot_img

हेटौँडा |  गणतन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अबको राष्ट्रिय एजेन्डा ‘विकास, सुशासन र युवाको विश्वास निर्माण’ हुनुपर्ने सन्देश दिएका छन्। शुभकामना सन्देशमार्फत उनले गणतन्त्रको मूल्य व्यवहारमा कसरी उतार्न सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन्।

प्रदेश प्रमुख देवकोटाले राष्ट्र निर्माणमा योगदान दिने सबै ज्ञात-अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै भने गणतन्त्र केवल राजनीतिक व्यवस्था नभइ जनताको सर्वोच्चता र समावेशिताको प्रतीक रहेको बताएका छन् । उनका अनुसार, “जनताको बलिदानबाट प्राप्त यो व्यवस्था अब परिणाममुखी बनाउनुपर्छ, जुन हाम्रो साझा दायित्व हो।”

-सूचना-

“हाम्रो पुस्ताले व्यवस्था परिवर्तनमा उर्जाशील समय खर्चियो, अब नयाँ पुस्ताले त्यो दोहोर्याउन नपरोस्,” प्रदेश प्रमुख देवकोटाले उल्लेख गरेका छन् । उनको भनाइमा, “यदि युवालाई विकास, रोजगारी र नवप्रवर्तनका अवसर दिन सकियो भने मात्र गणतन्त्रको मर्म पूरा हुन्छ।”

उनको सन्देशमा विशेषगरी युवापुस्ताको निराशा हटाउने, भरोसा जगाउने र राजनीतिक नेतृत्वले अब परिणाम दिनुपर्ने स्पष्ट सन्देश छ।  “परिणाममुखी काम नगरी जनताको भरोसा जित्न नसकिने उनले बताएका छन् । राजनीति अब बहानामा अलमलिने  नभ कार्यदक्षता देखाउने समय रहेको उनले स्पष्ट पारेका छन् ।

प्रदेश प्रमुखले इतिहासको स्मरण गर्दै वर्तमानको गम्भीर मूल्यांकन गरेका छन्। “संघीय लोकतान्त्रिक गणतन्त्र आजको नेपालका लागि विकल्प होइन, आवश्यकता हो,” उनले भने।  उनका अनुसार यो व्यवस्थालाई संस्थागत गर्न सबै तह र तप्काबाट इमानदार प्रयास आवश्यक छ।

उनले पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको हितमा साझा सहकार्य गर्न पनि आह्वान गरेका छन् ।

सन्देशमा प्रदेश प्रमुख देवकोटाले विधिको शासन, सामाजिक न्याय, समानता र उत्तरदायित्वपूर्ण शासनप्रति जनअपेक्षा रहेको बताएका छन्। सरकार र नेतृत्व तहमा देखिएका कमजोरीहरू सुधार गर्नुपर्ने औंल्याउँदै उनले कहीँ केही कमजोरी छन् भने त्यसलाई स्वीकारेर सुधार गर्नुपर्ने बताएका छन्

उनले गणतन्त्र दिवसजस्ता राष्ट्रिय पर्वहरू देशलाई एकजुट बनाउने अवसर भएको उल्लेख गरेका छन् । “यस्ता विशेष दिनमा विभाजन होइन, साझा सन्देश दिनुपर्छ,” प्रदेश प्रमुखको भनाइ छ ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img